संचार सम्बन्धी बिशेष विर्मश हुँदै

संचार सम्बन्धी बिशेष विर्मश हुँदै

काठमाडौँ : रातोखबर प्रकाशन गृह प्रा.ली. र जनपत्रकार संगठनको संयुक्त आयोजनामा चैत्र २ गते सोमबार अर्थात आज बिहान ठिक ११ बजे काठमाडौँको बागबजारमा रहेको हार्दिक होटलमा ‘नेपाली राजनीति र संचारकर्मीको दायित्व’का विषयमा बिशेष विमर्श तथा आधारभूत पत्रकारीता तालिमको उद्घाटन हुँदैछ ।
उक्त तालिमको उद्घाटन नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र वास्तोला ‘कन्चन’ले गर्नुहुनेछ भने अतिथिहरु नेकपाका नेता लेखक तथा संस्कृतिकर्मी अनिल शर्मा, ‘विरहि’ बरिष्ठ पत्रकार युवराज घिमिरे, बरिष्ठ अधिबक्ता एकराज भण्डारी, नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आर्चाय, प्रभु नारायण बस्नेत लगायतको उपस्थिति रहने छ । कार्यक्रममा नेपाली राजनीति र संचाकर्मीको दायित्वका विषयमा बिशेष विमर्श हुनेछ । आधारभुत पत्रकारिता तालिममा सहभागी हुन विभिन्न ठाँउका प्रतिनिधिहरुको सहभागीता रहने छ ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :