जनताको उचित क्षतिपूर्ति सहित वैकल्पिक व्यवस्थापन गर : नेकपा

जनताको उचित क्षतिपूर्ति सहित वैकल्पिक व्यवस्थापन गर : नेकपा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति रूपन्देहीले प्रस्तावित मोतिपुर औद्योगिक करिडोरको शिलान्यास कार्यक्रममा भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । जिल्ला सेक्रेटरी विदुरले आइतबार एक विज्ञप्ति जारी गरी रुपन्देहीको रानीगञ्ज शिवनगर, फर्साटिकर, अमुवा र हरिहरपुरका करिव ३ हजार ६२ घरधुरीमा बसोवास गर्ने स्थानीय जनताले विगत ५५ वर्षदेखि भोगचलन गर्दै आएको जग्गा स्थानीयको सहमति बिना र वातावरणीय प्रभाव अध्ययन प्रतिवेदनले समेत स्वीकृत नगरी प्रस्तावित मोतिपुर औद्योगिक करिडोरको शिलान्यास कार्यक्रममा स्थानीय जनताको माग सम्बोधन गर्नुको साटो उल्टै प्रहरी प्रशासनको बल प्रयोग गरेर जनतालाई कुटपिट गरी घाइते बनाएको घटनाप्रति आपत्ति रहेको भन्दै जनताको उचित क्षतिपूर्ति सहित वैकल्पिक व्यवस्थापन गर्न सम्बन्धित पक्षलाई जोडदार अपिल गरेका छन् ।

रूपन्देही जिल्ला सेक्रेटरी विदुरले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी देशको आमूल परिवर्तनसँगै उत्पीडित वर्ग, किसान, भूमिहिन सुकुम्वासीको पक्षमा निरन्तर सङ्घर्ष गर्दै आएको कुरा सर्वविदितै छ । यही सन्दर्भमा २०७७ फागुन २१ गते रुपन्देहीको रानीगञ्ज शिवनगर, फर्साटिकर, अमुवा र हरिहरपुरका करिव ३ हजार ६२ घरधुरीमा बसोवास गर्ने स्थानीय जनताले विगत ५५ वर्षदेखि भोगचलन गर्दै आएको जग्गा स्थानीयको सहमति बिना र वातावरणीय प्रभाव अध्ययन प्रतिवेदनले समेत स्वीकृत नगरी प्रस्तावित मोतिपुर औद्योगिक करिडोरको शिलान्यास कार्यक्रममा स्थानीय जनताको माग सम्बोधन गर्नुको साटो उल्टै प्रहरी प्रशासनको बल प्रयोग गरेर जनतालाई कुटपिट गरी घाइते बनाएकोप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’

सेक्रेटरी विदुरले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘विकास र समृद्धिको लागि करिडोर आवश्यक रहेपनि प्रस्तावित क्षेत्र रानीगञ्ज शिवनगर, फर्साटिकर, अमुवा र हरिहरपुरका करिव ३ हजार ६२ घरधुरी नै प्रभावित हुने कुरा स्थानीय सरकार र स्वयम् अर्थमन्त्रीलाई जानकारी हुँदाहुँदै वैकल्पिक व्यवस्थाबिना मनोमानी तरिकाले स्थानीय जनतालाई विस्तापित गर्न खोजिनु राज्यको गैरजिम्मेवारीपन हो । त्यसकारण ५५ वर्षदेखि बस्दै आएका जनताको उचित क्षतिपूर्ति सहित वैकल्पिक व्यवस्थापन गर्न सम्बन्धित पक्षलाई जोडदार अपिल गर्दछौं ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :