बैतडीमा जनयुद्धको अवसरमा सहिद परिवारहरुलाई सम्मान

बैतडीमा जनयुद्धको अवसरमा सहिद परिवारहरुलाई सम्मान

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी बैतडीको दोगडा केदार गाउँपालिकाले २६ औँ जनयुद्ध दिवसको अवसरमा जन–जनका प्रिय महान् सहिद परिवारलाई सम्मान गरेको छ । प्रतिबन्ध खारेज भएको खुशियालीमा बाजा बजाउँदै बिजय जुलुस मनाउँदै कार्यक्रम स्थलमा प्रवेश गरेको जानकारी इञ्चार्ज दिपेन्द्रले जानकारी गराएका छन् ।

नेकपा बैतडी जिल्ला पार्टी सचिव रामसिंह कुवँरले क्रान्ति अझै अधुरो छ, हामी एकीकृत जनक्रान्तिको कार्यदिशा मार्फत क्रान्ति पूरा गर्छौ, वर्तमान दलाल संसदीय व्यवस्थाले नेपाली जनताको सामु घुडा टेकेको दिन हो भने । यसैगरी अखिल (क्रान्तिकारी) जिल्ला अध्यक्ष सुरेन्द्र धानुकले सहिदका सपना अधुरो छ हामी जुनसुकै हालतमा पनि पूरा गर्ने प्रतिवद्वता जाहेर गरे ।

कार्यक्रममा सञ्चालक इन्चार्ज दिपेन्द्रसिंह ऐरी ‘आजाद’ ले २६ औ जनयुद्ध दिवसको अवसरमा सहिद परिवार सम्मान कार्यक्रम शव्य र भब्य ढंगले मनाउन सहयोग पुर्याउनु हुने आदरणीय जनसमुदायहरुमा हार्दिक धन्यवाद ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :