जनयुद्धमा सहादत प्राप्त गरेका सहिद परिवारलाई सम्मान

जनयुद्धमा सहादत प्राप्त गरेका सहिद परिवारलाई सम्मान

चितवन : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति चितवनले १० वर्षे जनयुद्धमा सहादत प्राप्त गरेका सहिद परिवारलाई सम्मान गरेको छ । चितवनमा सहादत प्राप्त गरेका १२७ जनाका परिवारलाई शुक्रबार सम्मान गरेको हो । जिल्लाका सातबटै पालिकामा पार्टीका नेता तथा कार्यकर्ताहरु घरमै पुगेर दोसल्ला तथा सम्मान गरेका हुन् ।

रत्ननगरमा जुना ढकाल, इश्वरीप्रसाद खनाल, दिपक पन्त, साकार अम्गाई, श्रीराम खनाल, हरिसचन्द्र श्रेष्ठ, विजय खनाल, ताराबहादुर गोले, राजकुमार दुलाल, ज्ञानेन्द्र त्रिपाठी लगायतका परिवारहरुलाई सम्मान गरिएको छ । त्यसैगरी सोही नगरपालिकाका विष्णु मरहठ्ठा, निर्मला पन्त, सुनिता श्रेष्ठ, प्रकाश घिमिरे, होमप्रसाद लामिछाने, ऋषि लामिछाने, राममाया नेपाली, कमला पन्त, पार्वती पोखरेल, संजय ढकाल र कुमार ढकालका परिवारलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको हो ।

पार्टीका व्युरो सदस्य प्रकासचन्द्र ढकाल र जिल्ला सदस्य शारदा थापामगरले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए । मुलुकको परिर्वतन गर्न बलिदान दिएका सहिदहरुको सम्झनामा घरमै पुगेर परिवारहरुलाई सम्मान गरिएको उनले बताए । २०५२ साल फागुन १४ गते सहादत प्राप्त गरेका ११ बर्षीय दिलबहादुर रम्तेल र झापा आन्दोलनमा फागुन २१ गते सहादत प्राप्त गरेका पाँच जनाको सम्झना गर्दै फागुन १४ देखि २१ गतेसम्म सहिद सप्ताह मनाउँदै आएको ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :