महासचिव विप्लवद्वारा १११ औँ श्रमिक महिला दिवसको अवसरमा हार्दिक शुभ–कामना व्यक्त

अग्रमोर्चामा महिलाहरु साथमा पुरुषसहित सबै नागरिकहरुको सहयोगमा अघि बढौँ !

महासचिव विप्लवद्वारा १११ औँ श्रमिक महिला दिवसको अवसरमा हार्दिक शुभ–कामना व्यक्त

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले विश्वभरिका श्रमजीवि महिलाहरुको ऐतिहासिक संघर्षको पर्याय र प्रेरणाश्रोत बनिरहेको महान् दिवस १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिलामाथिका सबै किसिमका विभेद, दमन, हिंसा र असमानता विरुद्धको संघर्षमा ऐक्यवद्धतासहित हार्दिक शुभ–कामना व्यक्त गरेका छन् । महासचिव विप्लवले सोमबार शु्भ–कामना वक्तव्यमार्फत क्रान्तिकारी महिला आन्दोलनको गौरवपूर्ण विगतबाट उर्जा र शिक्षा लिँदै वर्तमान परिवर्तित विश्व परिस्थितिलाई दृष्टिगत र आत्मसाथ गर्दै नयाँ ढंगबाट महिला आन्दोलनको विकास गरेर नै श्रमिक महिला आन्दोलनले आफ्नो लक्ष्य हासिल गर्न सफल हुने विश्वास व्यक्त गरेका हुन् ।

उनले, बलात्कार जस्ता जघन्य अपराध र हिंसाहरु झनै बढिरहेकाले महिलामाथि हुने विभेद, शोषण, उत्पीडन, असमानता र दमन तथा त्यसका विरुद्ध संघर्ष र मुक्तिको सवाल केवल महिलाको मात्र सरोकारको विषय नभएर यो पुरुषसहित सम्पूर्ण सचेत नागरिकहरुको साझा सरोकार र दायित्वको विषय भएको र सबै किसिमका अन्याय, विभेद, असमानता, दमन र हिंसाविरुद्ध संघर्ष र पूर्ण मुक्तिका लागि कानुनी संघर्ष, सामाजिक जागरण र राजनीतिक संघर्षलाई समायोजन गर्दै त्यसको अग्रमोर्चामा महिलाहरु साथमा पुरुषसहित सबै तहका सम्पूर्ण नागरिकहरुको साथ, सहभागिता र सहयोगमा अघि बढाउन जरुरी रहेको भनेका छन् ।

महासचिव विप्लवले शुभ–कामना वक्तव्यमा भनेका छन्, ‘विश्वभरिका श्रमजीवि महिलाहरुको ऐतिहासिक संघर्षको पर्याय र प्रेरणाश्रोत बनिरहेको महान् दिवस १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिलामाथिका सबै किसिमका विभेद, दमन, हिंसा र असमानता विरुद्धको संघर्षमा ऐक्यवद्धतासहित हार्दिक शुभ–कामना व्यक्त गर्दछौँ । २० औँ सताव्दीमा संसार झकझकाउँने महिला आन्दोलनको परिणाम महिलाहरुका पक्षमा विभिन्न अधिकारहरु स्थापित गर्न सफल रहे पनि आज २१ औँ सताव्दीमा समेत महिलाहरुमाथि अनेकौँ उत्पीडन, दमन, हिंसा र असमानताहरु कायमै छन् । असमानताका विरुद्ध संसारभर विभिन्न स्वरुपमा संघर्षहरु पनि निरन्तर अघि बढिरहेका छन् ।’

विप्लवले वक्तव्यमा अगाडि भनेका छन्, ‘नेपालमा क्रान्तिकारी महिलाहरुको सचेत पहल र महिला आन्दोलनको बलमा महिलाहरुको पक्षमा कानुनी रुपमा केही सुधारवादी अधिकारका प्रावधानहरु स्थापित भए पनि व्यवहारमा अहिले पनि अनेकौं असिमित उत्पीडन, दमन, विभेद, हिंसा र असमानताहरु कायमै छन् । अझ बलात्कार जस्ता जघन्य अपराध र हिंसाहरु झनै बढिरहेका छन् । महिलामाथि हुने विभेद, शोषण, उत्पीडन, असमानता र दमन तथा त्यसका विरुद्ध संघर्ष र मुक्तिको सवाल केवल महिलाको मात्र सरोकारको विषय नभएर यो पुरुषसहित सम्पूर्ण सचेत नागरिकहरुको साझा सरोकार र दायित्वको विषय हो । त्यसैले महिलाविरुद्ध हुने सबै किसिमका अन्याय, विभेद, असमानता, दमन र हिंसाविरुद्ध संघर्ष र पूर्ण मुक्तिका लागि कानुनी संघर्ष, सामाजिक जागरण र राजनीतिक संघर्षलाई समायोजन गर्दै त्यसको अग्रमोर्चामा महिलाहरु साथमा पुरुषसहित सबै तहका सम्पूर्ण नागरिकहरुको साथ, सहभागिता र सहयोगमा अघि बढाउन जरुरी छ ।’

महासचिव विप्लवले वक्तव्यको अन्त्यमा भनेका छन्, ‘क्रान्तिकारी महिला आन्दोलनको गौरवपूर्ण विगतबाट उर्जा र शिक्षा लिँदै वर्तमान परिवर्तित विश्व परिस्थितिलाई दृष्टिगत र आत्मसाथ गर्दै नयाँ ढंगबाट महिला आन्दोलनको विकास गरेर नै श्रमिक महिला आन्दोलनले आफ्नो लक्ष्य हासिल गर्न सफल हुनेछ भन्ने विश्वास लिएका छौँ ।’ शुभ–कामना वक्तव्यको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :