नेकपा बाँकेद्वारा सुकुम्बसी समस्या समाधान गर्न माग

नेकपा बाँकेद्वारा सुकुम्बसी समस्या समाधान गर्न माग

नेपालगञ्ज : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति बाँकेले सुकुम्बासी समस्या समाधान गर्न माग गरेको छ । कोहलपुर नगरपालिका वडा नम्बर ११ स्थित शान्तिनगर टोल लगायतका सुकुम्बासी बस्तीको वैकल्पिक व्यवस्था गर्न माग गरेको हो ।

नेकपा बाँके जिल्ला सेक्रेटरी रोशन कुमारले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कोहलपुरको शान्तिनगर लगायतका सुकुम्बासी बस्तीका समुदायले नगरपालिका गेट अगाडि धर्नामा बस्दा समेत नगर प्रमुख लगायतका स्थानीय सरकारका प्रतिनिधि र सरोकार वालाले समस्या समाधानमा उदासिनता देखाएको भन्दै स्थानीय भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको वास्तविक पहिचान गरि समस्या समाधान गर्न माग गरेका छन् । उनले केहि मुठ्ठिभर भु माफिया, दलाल र सरकारका प्रतिनिधिले सुकुम्बासीलाई भूमिहीन र बे–घरबार बनाउन खोजेको भन्दै यस्ता कार्यको प्रतिवाद गर्ने बताए ।

उनले वास्तविक सुकुम्बासी, भूमिहीन र अव्यवस्थित बसोबासीको पहिचान गरि लगत सङ्कलन र समस्या समाधान गर्न माग गर्दै समस्या समाधान गर्नुको साटो बल प्रयोग गरेर बस्ती उठाउन खोजिए कडा संघर्षमा उत्रने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :