प्रतिबन्ध फुकुवाको अबसरमा रोल्पामा नाराजुलुससहित खुल्ला सभा

प्रतिबन्ध फुकुवाको अबसरमा रोल्पामा नाराजुलुससहित खुल्ला सभा

रोल्पा : नेपाल कम्युनिस्ट पार्टी रोल्पाले जिल्लाको विभिन्न स्थानमा प्रतिबन्ध फुकुवाको अबसरमा नाराजुलुस सहित बृहत खुल्ला सभा सम्पन्न गरेको । त्रिवेणी पार्टी कमिटीले जुगारको नेर्पा बजारमा भव्य रुपले सप्पन्न गरेको हो ।

जनसरकार प्रमुख बेदबहादुर खड्काको अध्यक्षतामा शुरु भएको कार्यक्रममा रोल्पा जिल्ला इन्चार्ज दिनेशविक्रम चन्द ‘मानव’, भक्तपुर जिल्ला पूर्व सेक्रेटरी बुद्धिलाल पुन, रोल्पा जिल्ला सेक्रेटरी शोभाराम राना, त्रिवेणी इलाका इन्चार्ज करण घर्ति, जिल्ला सदस्य खिमराज पुन लगायतका नेताहरुको आतिथ्यता रहेको थियो । सयौँ जनताको उपस्थिति रहेको उक्त कार्यक्रमा आफ्नो मन्तव्य राख्दै रोल्पा जिल्ला इन्चार्जले संसदीय व्यवस्था असफल भइसकेको हुँदा यसको विकल्प वैज्ञानिक समाजवाद भएको हुँदा आम जनातालाई समाजवादी व्यवस्था स्थापनार्थ आ–आफ्नो तह र तप्काबाट लाग्नु पर्ने नेता कार्यकर्ताहरुलाई आग्रह गरे ।

यसैगरी जिल्ला सेक्रेटरी शोभारामले प्रतिबन्ध फुकुवा ऐतिहासिक र स्वागत योग्य रहेको र अब अझ थप जिम्मेवारी थपिएको बताए । सोही कार्यक्रममा खिमराज, वुद्धिलाल पुन, युवा संगठन रोल्पाका सह–सचिव टिकाराम रानाले मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा भावुकले स्वागत मन्तव्य राखेका थिए भने संचालन अर्जुन कुमार ओली ‘अग्नि’ ले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :