नेकपाद्वारा विरेन्द्रनगरमा सहिद परिवारहरुलाई अभिनन्दन

नेकपाद्वारा विरेन्द्रनगरमा सहिद परिवारहरुलाई अभिनन्दन

सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी सुर्खेतले विरेन्द्रनगरमा सहिद सप्ताह कार्यक्रम सम्पन्न गर्दै सुक्रबार सहिद परिवारलाई अभिनन्दन गरेको छ ।
प्रमुख अतिथि सुर्खेत जिल्ला इञ्चार्ज ध्रुबले ‘सहिदहरुले देश र जनताको मुक्ति गर्न यो पुँजीवादी संसदीय दलाल व्यवस्थालाई फालेर वैज्ञानिक समाजवादी व्यवस्था ल्याउनका लागि नै आफ्नो प्यारो जीबनको आहुती दिएका थिए र हाम्रो पार्टी सहिदका ती सपना पूरा गर्न प्रतिबद्ध छ’ भने ।

सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सुरू गरिएको उक्त कार्यक्रममा बोल्दै विशेष अतिथि दाहाल–नेपाल समूहका भेक सदस्य एवम् सहिद परिवार हरिमाया शर्माले ‘सहिद अनि सहिद परिवारहरु सबै पार्टीका साझा भएको र सबै कम्युनिस्ट पार्टीहरु एक भएर समाजवाद स्थापना गर्नु पर्छ’ भनिन् ।

दुई दर्जन सहिद परिवारलाई दोसल्ला र सम्मान–पत्रले सम्मानित गरिएकोे उक्त कार्यक्रममा सुर्खेत जिल्ला सचिव यामराजले ‘सम्पूर्ण सहिद परिवार र नेपाली जनताले सहिदको एक मात्र सपना वैज्ञानिक समाजवाद स्थापना गर्न आ–आफ्नो तह र तप्काबाट महत्वपूर्ण भुमिका खेल्नु पर्ने समय आएको छ ।’ भने ।

सहिद परिवारसँग अन्तरङ्ग छलफल गरिएको उक्त कार्यक्रमको सञ्चालन डेभिडले गरेका थिए भने अध्यक्षता सुर्खेत जिल्ला सचिव यामराजले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :