कालिकोटमा सहिद परिवारलाई अभिनन्दन गर्दै सहिद सप्ताह समापन

कालिकोटमा सहिद परिवारलाई अभिनन्दन गर्दै सहिद सप्ताह समापन

नेपाल कम्युनिस्ट पार्टी कालिकोटले २६ अौँ जनयुद्ध दिवसको सहिद सप्ताहलाई जिल्लाका सहिद परिवारलाई अभिनन्दन गरेर मनाएको छ । सहिद सप्ताहको समापन गर्दै केन्द्रीय समितिको सम्मानपत्र र जिल्ला पार्टीले व्यवस्था गरेको सलबाट सम्मान गरेको छ ।                   
जिल्लाको माल्कोट, म्हेलमुडी, राष्कोट, नानिकोट, खिन र भर्तामा सम्मान गरेको छ । माल्कोट सेरापाटामा भएको शहिद परिवारहरुको सम्मान कार्यक्रममा एरिया भरिका १४५ जना शहिद परिवारलाई सम्मान गरेको छ ।        ब्युरो सदस्य अविचल र जिल्ला ईन्चार्ज एवं ब्युरो सदस्य मनिलाल ऐडी रणदिपले सम्बोधन गर्दै कुनै पनि हालतमा प्रचण्डले धोका दिए जस्तै आफ्नो पार्टी धोका नदिने कुरा बताउनु भयो । जनयुद्दका केही नकारात्मक शिक्षासहित पार्टी अगाडि बढेकाले वार्ता विरोधीहरुले हल्ला गरे जस्तै न त केपीसँग एकता गर्नका लागि न त संसदिय व्यवस्था स्वीकार गर्न हो यो वार्ता व्यवस्थामा आएको संकटलाई हल गर्नका लागि भएको दावी गर्नु भयो । सहिद परिवारले वार्तालाई विगत प्रचण्डले प्रयोग गरे जस्तो गर्नु हुन्न भन्ने धारणा राख्नु भएको छ । जनता, नेता कार्यकर्ता र शहिदपरिवारको उपस्थिति रहेको खबर तपेन्द्र ऐडीले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :