नेकपाद्वारा पाल्पामा दीप प्रज्वलन

नेकपाद्वारा पाल्पामा दीप प्रज्वलन

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी पाल्पाले सरकारले नेकपामाथि करिब दुई वर्ष अघि लगाएको प्रतिबन्ध फुकुवा गरेको ऐतिहासिक उत्सवको अवसरमा दीप प्रज्वलन गरेको छ । उक्त कार्यक्रममा जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता तथा कार्यकर्ताहरूले नेपाल कम्युनिस्ट पार्टी सधैँ उत्पीडित जनताको पक्षमा, जनजीविकाको पक्षमा रहेको र एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत वैज्ञानिक समाजवाद स्थापना गर्ने बताए छन् । वार्ता विरोधीहरूले सम्प्रेषण गरेको झुट समाचारको भ्रममा नपरी सम्पूर्ण जनसमुदायलाई एकीकृत जनक्रान्तिको पक्षमा निरन्तर सामेल हुन आह्वानसमेत गरेका थिए ।

साथै नेपाल कम्युनिस्ट पार्टी आम श्रमिक जनताको र एकीकृत जनक्रान्तिमा सहादत प्राप्त गरेका महान् सहिदहरूको सपना पूरा गर्न सधैँ तत्पर रहेको बताएका छन् । वैज्ञानिक समाजवादको निमित्त नेपाल कम्युनिस्ट पार्टीले जस्तोसुकै चुनौती पनि सामना गर्न तयार भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :