छात्रा सुरक्षाको माग गर्दै बर्दियामा ज्ञापनपत्र बुझाइयो

छात्रा सुरक्षाको माग गर्दै बर्दियामा ज्ञापनपत्र बुझाइयो

बर्दिया : अखिल (क्रान्तिकारी) बर्दियाले छात्रा सुरक्षाको लागि आत्मरक्षा तालिमको माग गर्दै ज्ञापनपत्र बुझाएको छ । क्रान्तिकारीले बर्दियाको गुलरिया नगरपालिकामा ज्ञापनपत्र बुझाएको हो ।

पछिल्लो समय महिलामाथि हत्या, हिंसा र बलात्कारका घटना बढिरहेको भन्दै महिला सुरक्षा र सशक्तिकरणका लागि आत्मरक्षा तालिम आवश्यक रहेको जनाउँदै सबै स्थानीय तहहरूमा आत्मरक्षा तालिम सञ्चालन गर्न आवश्यक भएको बताइएको छ ।

संगठनको केन्द्रीय कार्यक्रम अनुसार गुलरिया नगरपालिकाकी उप–प्रमुखलाई ज्ञापनपत्र बुझाइएको अखिल (क्रान्तिकारी) बर्दिया संयोजक हरी प्याकुरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :