महासचिव विप्लव र सुदर्शनबीच नक्खु कारागारमा भेटघाट

महासचिव विप्लव र सुदर्शनबीच नक्खु कारागारमा भेटघाट

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ लाई महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड र केन्द्रीय सदस्य दिपकले आज नख्खु कारागारमा भेटघाट गरेका छन् । भेटघाटको क्रममा भावुक हुँदै महासचिव विप्लवले वार्ता प्रक्रियाका ३ बुँदे सहमति हामी कार्यान्वयन गर्ने र उक्त सहमति अनुसार छिट्टै खुला संसारको आन्दोलनमा भेट्ने अपेक्षा गरेको समाचारमा जनाइएको छ ।

भेटघाटमा नेकपाको अबको राजनीतिक आन्दोलन, कारागार र हिरासतमा रहेका सम्पूर्ण बन्दीहरूको रिहाईको प्रक्रिया भइरहेको लगायत अन्य राजनीतिक विषयमा पनि छलफल भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :