अस्लेवा–रूद्रवेणीमा सहिद तथा बेपत्ता परिवारलाई सम्मान

अस्लेवा–रूद्रवेणीमा सहिद तथा बेपत्ता परिवारलाई सम्मान

गुल्मी : युवा संगठन नेपालले सहिद–सप्ताहको सन्दर्भमा गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर-१ अस्लेवा–रूद्रवेणीमा सहिद तथा बेपत्ता परिवारलाई भेटघाट तथा सम्मान कार्यक्रम गरेको छ । सम्मान कार्यक्रममा युवा संगठन नेपाल लुम्बिनी व्युरो इन्चार्ज विश्लेषणले जनयुद्धको क्रममा सहादत प्राप्त गरेका सहिद हेमलाल श्रेष्ठ ‘धर्ती’ को बुबा ताराप्रसाद श्रेष्ठ र आमा धनकुमारी श्रेष्ठलाई सम्मान गरेका हुन् ।

उक्त कार्यक्रममा इन्चार्ज विश्लेषणले जनयुद्धको ऐतिहासिक पहलको योजनालाई सफल पार्न आत्मबलिदान गर्ने अमर सहिदहरूको सपनाहरू पूरा गर्न नेपाल कम्युनिस्ट पार्टी सधैं प्रतिबद्ध रहेको र सहिदहरूको सपना साकार पार्न अन्तिम समयसम्म लडिँरहने प्रतिज्ञा व्यक्त गरे । उनले वैज्ञानिक समाजवाद र साम्यवादको मुक्तिको झण्डा प्राप्त गर्नको लागि एकीकृत जनक्रान्तिको कार्यदिशामा गोलबद्ध हुनसमेत आमजनसमुदायलाई अपिल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :