नेकपाद्वारा भरतपुरमा सहिद परिवारलाई अभिनन्दन

नेकपाद्वारा भरतपुरमा सहिद परिवारलाई अभिनन्दन

चितवन : नेपाल कम्युनिस्ट पार्टी चितवन जिल्लाको आयोजनामा भरतपुर महानगरमा सहिद सप्ताहको अबसरमा सहिद परिवार अभिनन्दन तथा नगर स्तरीय राजनैतिक/बैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । फरारको सभापतित्वमा चितवन जिल्ला इन्चार्ज आरम्भ प्रमुख अतिथि रहेका थिए ।

अभिनन्दन कार्यक्रममा राष्ट्रिय जागरण मञ्च नेपालका केन्द्रीय संयोजक तथा जनयुद्धका महान् सहिद उर्मिला भट्टराईको श्रीमान गुणराज लोहनी, पुर्व सभासद एवम् जनयुद्धको महान् सहिद ग्यामप्रसाद चालिसेको जीवन सङ्गिनी सरला रेग्मी लगायत दर्जनौ सहिद परिवारलाई अभिनन्दन गरिएको थियो ।

अभिनन्दन पश्चात् सहिद परिवारलाई सम्बोधन गर्दै प्रमुख अतिथि आरम्भले महान् सहिदहरुको सपना पूरा गर्न नेकपा चितवन निरन्तर अघि बढ्ने प्रतिबद्धता जाहेर गरे ।

कार्यक्रममा सागरले स्वागत मन्तव्य राखेका थिए भने भिमले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :