नेकपा माथिको प्रतिबन्ध हट्यो, नेता कार्यकर्तालाई भोलीसम्म छाड्न गृहको सर्कुलर

नेकपा माथिको प्रतिबन्ध हट्यो, नेता कार्यकर्तालाई भोलीसम्म छाड्न गृहको सर्कुलर

काठमाडौँ : सरकारले नेपाल कम्युनिस्ट माथि लगाएको प्रतिबन्ध हटाएकोछ र पार्टीका नेता–कार्यकर्तालाई रिहा गर्न सबै प्रमुख जिल्ला अधिकारीहरुलाई सर्कुलर गरेको छ । गृह मन्त्रालयले बिहीबार साँझ पत्र लेखेर सबै प्रमुख जिल्ला अधिकारीहरुलाई नेकपाका नेता–कार्यकर्तालाई रिहा गर्न सर्कुलर गरेको हो ।

नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी बीच आज बिहान भएको सहमति अनुसार आजै बेलुकी बसेको मन्त्री परिषद्को बैठकले नेकपा माथिको प्रतिबन्ध हटाउने र पार्टीका नेता–कार्यकर्तालाई रिहा गर्ने निर्णय गरेको हो । सरकारले दुई बर्ष अघि २०७५ फागुन २८ गते नेकपा माथि प्रतिबन्ध लगाएको थियो ।

सहमति अनुसार नै सरकारले विभिन्न जेल हिरासतमा रहेका नेकपाका नेता, कार्यकर्ताहरुलाई रिहा गर्ने प्रक्रिया अघि बढाएकोछ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :