महासचिव विप्लवद्वारा सहिद फुलमायाको परिवारजनलाई भेटघाट तथा सम्मान

महासचिव विप्लवद्वारा सहिद फुलमायाको परिवारजनलाई भेटघाट तथा सम्मान

बुटवल : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेकपाका केन्द्रीय सदस्य कृतिले नवलपुरमा सहिद–सप्ताहको अन्तिम दिन जनयुद्धमा सहादत प्राप्त गरेका सहिद तथा बेपत्ता परिवारलाई भेटघाट कार्यक्रम गरेका छन् ।

महासचिव विप्लव र नेकपाका केन्द्रीय सदस्य कृतिले जनयुद्धमा सहादत प्राप्त गरेका फुलमायाँ सारू ‘रमा’को परिवारजनलाई भेटघाट तथा सम्मान गरेका हुन् । ‘रमा’ को जनयुद्धको क्रममा १९ जेठ २०५९ मा गुल्मीको वामीटक्सार, प्रहरी चौकीमा कारबाहीको क्रममा सहादत भएको थियो । तर उक्त कारबाही भने सानदार रुपमा सफल भएको थियो ।

सहिद ‘रमा’ को परिवारजनले महासचिव ‘विप्लव’लाई क्रान्ति सफल पार्न बधाई तथा शुभकामना दिएका थिए । साथै आम उत्पीडित जनसमुदायको एजेण्डाहरूलाई सम्बोधन गर्दै निरन्तर वैज्ञानिक समाजवाद स्थापनाको निमित्त संघर्ष गर्न र दलालहरूको प्रलोभनमा नफस्न आग्रह समेत गरेका थिए ।

सरकार र नेकपाबिच वार्तामा बस्न तयार भएलगत्तै ३ बुँदे सहमतिमा हस्ताक्षर भएको थियो । सोही अनुरूप सरकारले विगत दुई वर्ष देखि नेकपामाथि लगाएको प्रतिबन्ध बिहिबार फुकुवा गरेको थियो ।

महासचिव सहमतिका विवरणहरू विस्तृत रुपमा प्रस्तुत गर्न राष्ट्रिय सभागृहमा हुने विशेष समारोहलाई सम्बोधन गर्न काठमाडौँ प्रस्थान गरेका छन् । उक्त समारोहमा प्रधानमन्त्री केपी शर्मा वलीले पनि सम्बोधन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :