सहिदको रगतमा सम्झौता नहोस् : सहिद तथा बेपत्ता परिवार

सहिदको रगतमा सम्झौता नहोस् : सहिद तथा बेपत्ता परिवार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी रसुवाले २६ औँ महान् जनयुद्ध दिवस एवम् सहिद सप्ताह फागुन १४ देखि २१ सम्मका सन्दर्र्भमा सहिद/बेपत्ता परिवारसँग घर–घरमा पुगी भेटघाट, छलफल तथा महासचिवद्वारा हस्ताक्षरित सम्मान–पत्र सहित अभिन्नदन गरेको छ । दलाल संसदीय व्यवस्थाका कारण राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालमा देश भयानक संकट तर्फ उन्मुख भएको औल्याउँदै यस समस्याको सहि समाधान एकीकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवाद स्थापनाले मात्र हल गर्ने जिल्ला इन्चार्ज सन्देशले बताएका छन् ।

महान् सहिदहरुको बलिदान एवम् रगतको मुल्यको साचो सम्मान वैज्ञानिक समाजवादमा मात्र हुने भन्दै सेक्रेटरी विराजले एकीकृत जनक्रान्ति मार्फत नेपाल कम्युनिस्ट पार्टी, त्याग, बलीदान र संघर्षको बाटोमा रहेकाले सहिदको सपना पूरा गरिछाड्ने बताए । अभिनन्दन कार्यक्रममा उत्तरगया गाउँपालिका सेक्रेटरी आँधी लगाएतको उपस्थिति रहेको थियो । सहिद मोचकुमारी मगर दिक्षाका भाई भुवन मगरले अहिले सरकारसँग वार्ताको हल्ला चलिरहेकाले विगतको जनयुद्ध पनि वार्ताबाट बर्बाद भएकाले पार्टीलाई खबरदारी गर्दै सबैको आशा भरोसाको केन्द्र विप्लव नेतृत्वको नेकपा मात्र भएकाले एकीकृत जनक्रान्तिलाई सफलताको शुभकामना दिए ।

बेपत्ता नरेन्द्र तामाङकी आमाले सरकारले बेपत्ताको सासकी–लास दिनुपर्ने भन्दै आक्रोश व्यक्त गरे । सहिद ठाकुर गौतमका बुबा फडिन्द्र गौतमले पार्टीलाई जनसमर्थन र साथ रहिरहने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :