अर्घाखाँचीले गर्यो सहिद तथा बेपत्ता परिवारलाई सम्मान

अर्घाखाँचीले गर्यो सहिद तथा बेपत्ता परिवारलाई सम्मान

अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले सहिद–सप्ताहको सन्दर्भमा सहिद तथा बेपत्ता परिपारलाई भेटघाट तथा सम्मान गरेको छ । जनयुद्धको क्रममा सहादत प्राप्त गरेका सहिद तथा बेपत्ता परिवारहरूलाई नेकपाले सम्मान गरेको हो ।

सममान कार्यक्रममा जिल्ला सेक्रेटरी माहुरीले जनयुद्धमा सहादत प्राप्त सहिदहरूका सपनाहरूमाथि केही गद्दारहरूले कुल्चेर हिँडिरहे पनि नेपाल कम्युनिस्ट पार्टी सधैं ती महान् सहिदहरूको सपना पूरा गर्न प्रतिबद्ध रहेको बताए । उनले देशको वर्तमान समाजको यथास्थिति र पछिल्लो देशको राजनीतिक घटनाक्रमले कुनै निकास दिन नसक्ने बताए । दलाल संसदीय व्यवस्थाको खारेज गरी वैज्ञानिक समाजवाद स्थापना गर्न सम्पूर्ण न्यायप्रेमी, वामपन्थी, लोकतन्त्रवादी जनसमुदायलाई एकीकृत जनक्रान्तिको दिशामा सामेल हुन माहुरीले आह्वान् गरे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :