नेपाल कम्युनिस्ट पार्टी र सरकार बीचको वार्ता निष्कर्षमा : तीन बुँदे सहमति

भोली प्रधानमन्त्री ओली र महासचिव विप्लवले सम्बोधन गर्ने

नेपाल कम्युनिस्ट पार्टी र सरकार बीचको वार्ता निष्कर्षमा : तीन बुँदे सहमति

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकार बीच भएको वार्ता प्रक्रिया सकारात्मक निष्कर्षमा पुगेकोछ । दुई दिन सम्म चलेको वार्ता पश्चात आजै नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी बीच तीन बुँदे सहमति भएकोछ । आज सार्वजिनक गरिएकाे प्रेस नाेटमा नेपाल सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ द्वारा हस्ताक्षर गरिएकोछ ।

सहमति अनुसार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउने, सम्पुर्ण बन्दीहरु रिहा गर्ने र नेता कार्यकर्तामाथि लगाइएका सबै मुद्दाहरु खारेज गर्ने सहमति भएकोछ । त्यस्तै नेपाल कम्युनिस्ट पार्टीले उठाउँदै आएका सम्पूर्ण राजनीतिक विषयहरुको समाधान सम्वादका माध्यमबाट गर्ने र आपना सम्पूर्ण राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा संचालन गर्ने सहमति भएकोछ ।

सहमतिबारे विस्तृत जानकारी भोली २०७७ फागुन २१ गते दिनको २ बजे एक विशेष समारोह मार्फत गरिनेछ । उक्त विषेश समारोहमा प्रधानमन्त्री केपी ओली र महासचिव विप्लवले सम्बोधन गर्ने सहमति समेत भएकोछ ।

वार्ता टोलीको प्रेस नोटमा भनिएको छ, ‘नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीकाबीच तीन बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । उक्त सहमतिमा नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान सम्वादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको नेपाल कम्युनिस्ट पार्टी माथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी लगायत विषयहरु रहेका छन् । सहमतिको विस्तृत विवरण यही फागुन २१ गते दिनको २ बजे विशेष समारोहबीच सार्वजनिक गरिनेछ । उक्त समारोहलाई नेपाल सरकारको तर्फबाट सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट उक्त पार्टीका महासचिव कमरेड विप्लवले सम्बोधन गर्नुहुने छ ।’ प्रेस नोटको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :