उदाउँदो क्रान्ति राप्ती

उदाउँदो क्रान्ति राप्ती

महान दश वर्ष जनयुद्धको उदगम थलो राप्ती ब्युरोमा नेपाल कम्युनिस्ट पार्टी विप्लवको ठूलो प्रभाव रहेको छ । सल्यान, पश्चिम् रुकुम र रोल्पा जिल्लामा सांस्कृतिक अभियानबाट राप्तीलाई पुरानो झझल्को मात्र होइन । वैचारिक, राजनैतिक, संगठन क्षेत्र ठूलो उपलब्धि अभियान गरेको छ । अभियान २०७७/६/४ गते देखि २०७७/८/२० गतेसम्म करिब २ महिना १६ दिन चलेको अभियान आधार क्षेत्र विस्तार आधार क्षेत्रमा सामना जनसांस्कृतिक अभियान चलेको छ । अभियानबाट पार्टीलाई थप नयाँ उर्जा मिलेको छ । सांस्कृतिक तथा जनसभा कार्यक्रम १७ वटा भएको थियो । करिब १०,००० हजार आम जनता प्रत्यक्ष सहभागी भएका थिए । कोरोना कहरबाट थिलोथिलो भएको बेला जनतालाई सांस्कृतिक कार्यक्रममार्फत जनचेतना दिएको थियो । जनमानसमा क्रान्ति अनिवार्य बनेको छ । हाम्रो पार्टी जनताको बिचबाटै लोकप्रियता बटुल्दै गरेको छ । युवाहरुको आकर्षक केन्द्र बनेको छ ।

दमन, यातना, जेल, नेल, घेराबन्दी दुश्मन विभिन्न सर्च अभियानले पनि अभियानलाई केही प्रभाव परेन । जनप्रतिनिधिहरु र जनताको अन्तरविरोधले पनि क्रान्तिप्रतिको आवश्यकता छ भने वस्तुगत आकंलन गर्न सकिन्छ । हाम्रो अभियान जनताको जनश्रमदान गरेको थियो । जसबाट जनसम्बन्ध, जनसम्पर्क पनि गरेको छ । सल्यान जिल्लाको छत्रेश्वरी गाउँपालिका कार्यक्रम पहिलो, अन्तिम कार्यक्रम रोल्पाको आधारभूमि थबाङ्ग गाउँपालिका वडा नम्बर ४ मा भएको थियो । अभियानले प्रतिबन्धलाई चिरेर जनता माझ क्रान्तिको सन्देश दिएको छ । कथित जनप्रतिनिधिहरु सातो गएको छ । कहिले कयौं घन्टा हिन्दै कार्यक्रम गर्‍यौं । राप्ती ब्युरोलाई नयाँ उचाई मात्र होइन देशभर क्रान्तिकारीहरुकाे प्ररेणा स्रोत बनेको छ ।

सल्यान जिल्ला भौगोलिक हिसाब जटिल रहेको सल्यान मेरो लागि नयाँ जिल्ला हो । कोरोनाको कहरबाट थिलोथिलो भएको बेला अभियान लिनु चुनौतीपूर्ण थियो । केन्द्रिय पार्टीको नीति अनुरुप हामी सल्यान प्रवेश गर्‍यौं । हामीहरुलाई जिल्ला समितिका कमरेडहरुले स्वागतसंगै रिसिभ गर्नु भयो । हामीहरुलाई हाम्रो विधागत प्रशिक्षक गरेको थियाे । जनताकै बिचमा बसेर हामी राजनैतिक छलफल भेटघाट पनि भएको थियोे । छत्रेश्वरी गाउँपालिका वडा नम्बर ४ मा जनश्रमदानमा सहभागी भयौं । २० दिनको बसाई हाम्रो लागि महत्त्वपूर्ण रहेको थियोे ।
हामीहरुले हाम्रो पार्टी आधार ईलाका एक प्रतिरोध सहितको जनवादी कार्यक्रम गरेका थियौं ।

त्यसपछि पश्चिम् रुकुमको चौरजारी नगरपालिका देखि आठ बीसकोट नगरपालिका अभियान चलाउदा रुकुमलाई नयाँ उचाई पुगाउन मद्दत मिलेको छ । अभियानको सकारात्मक पक्ष यो थियोे कि युवाहरूको आकर्षक केन्द्रमा पार्टी रहेको थियोे । कमरेड चन्द्र बुढा जो पार्टीको इन्चार्ज हुनुहुन्थ्यो । जिल्ला सबै कमरेड अभियानमा जोडिएकाले अभियानलाई थप नयाँ उचाईमा पुगाउनु निम्ति ठुलो सफलता मिलेको छ ।

हामी त्यसपछि रोल्पा जिल्ला प्रवेश भयौं । करिब ७ बाट कार्यक्रमले रोल्पा जिल्लालाई ठुलै उपलब्धि दिएको थियोे । कमरेड मानव जो रोल्पा जिल्लाका DCM थिए । हजारौं जनताको बीच सामना परिवार प्रस्तुति दिदा जनतामा एक किसिमको उत्साह छाएको छ ।

त्यसपछि हामी रोल्पा जिल्लाकै थबाङ्ग प्रवेश भयौं । जनयुद्धको उदगम थलो रोल्पा जिल्ला उत्तरी भेगको अति दुर्गम गाउँ थबाङ । जलजलाको काखमै अवस्थित मगर बस्तीको बहुल्यता महान दश वर्ष जनयुद्धको आधार ईलाका अहिले पनि नेकपाको निकै पकड क्षेत्र छ । पार्टीको आठौं महाधिवेशनको बन्द सत्र सम्पन्न भएको क्षेत्र, अझैपनि हाम्रो पार्टीकाे सबैभन्दा पकड क्षेत्र मानिएको छ । हामीले सबैभन्दा ठुलो कार्यक्रम गरेका थियौं यसले थबाङ्गलाई नयाँ उर्जा मिलेको थियो । पार्टीको उत्पादन जोड्यो हामीले राप्ती ब्युरो पर्ने सल्यान, रुकुम र रोल्पा जिल्लाका विभिन्न आधारभूमिमा पुगि खर काट्ने, मकै भाच्ने, हलो जोत्ने, टिमुर टिप्नेने, दाउरा बोक्ने आदि कार्यमा सहभागी हुदै पार्टी आम नीति कार्यक्रम तथा राजनैतिक तथा वैचारिक माध्यमलाई जनतालाई क्रान्तिमा घोलबोन्द गरेको छ । साथै अभियान टिमले ओखर उत्पादन लागि दुई हप्ते उत्पादन संघर्षमा सहभागी भएको छ

मिति २०७७/८ /२३ गतेबाट सुरु भई २०७७र/९/९ गतेसम्म चलेको उत्पादन १२०० रोपनीमा ओखर उत्पादन लागि उत्पादन अभियान सुरु गरेको छ । २० टोली सहभागीतामा २५० ओखरका लागि खाल्डो खनेका थिए ।

यसरी राप्तीलाई हामीले नियाल्दा वैचारिक, राजनीति, संगठन क्षेत्रमा ठुलो उपलब्धि मिलेको छ। जनता क्रान्तिको भविष्यप्रति उभार आउछ ।
यो अभियानबाट राप्ती ब्युरोलाई नयाँ उचाईमा पुगेका छ ।
अभियान निरन्तर छ ।
अभिवादन!

हाल केन्द्रीय सामना परिवार

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :