अखिल (क्रान्तिकारी) सुर्खेतले छात्रा सुरक्षाको माग गर्दै बुझायो ज्ञापन पत्र

अखिल (क्रान्तिकारी) सुर्खेतले छात्रा सुरक्षाको माग गर्दै बुझायो ज्ञापन पत्र

सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) सुर्खेतले छात्राहरूलाई आत्मसुरक्षा तालिमको माग गर्दै सोमाबार सबै स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । देशव्यापी रूपमा महिला हिंसा, बलात्कार र हत्याका श्रृङ्खलाबद्ध घटनाहरू घटिरहेको त्यस्ता घटनाको प्रतिरोधका लागि महिलालाई शारीरिक रूपमा समेत सशक्त हुनुपर्ने भन्दै आत्मरक्षा तालिम प्रदान गर्नुपर्ने माग गरेको हो ।

वीरेन्द्रनगर नगरपालिकामा ज्ञापन पत्र बुझाउँदै सुर्खेत जिल्ला संयोजक तुलराज तिरूवाले महिला अधिकार र सशक्तिकरणको अवस्था कमजोर रहेको भन्दै विरेन्द्रनगरका सबै टोल–टोलमा महिलालाई आत्मरक्षा सम्बन्धी सचेतना सहित तालिम सञ्चालन गर्न माग गरे । अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यक्रम अनुसार सबै स्थानीय तहहरूमा ज्ञापन पत्र बुझाइएको भेरी–कर्णाली व्युरो सदस्य लोकेश जोशीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :