नेकपा अछामद्वारा सहिद परिवारलाई सम्मान

नेकपा अछामद्वारा सहिद परिवारलाई सम्मान

अछाम : नेपाल कम्युनिस्ट पार्टी अछाम जिल्ला समितिले विभिन्न स्थानमा सहिद परिवारहरुलाई सम्मान कार्यक्रम गरेको छ । फागुन १४ देखि २१ गतेसम्म सहिद सप्ताह अन्तर्गत आइतबार रामारोशन गाउँपालिकाको सुतारमा सम्मान गरेको हो ।

सुतारमा भएको सम्मान कार्यक्रममा प्रमुख अतिथि जिल्ला सचिव प्रतिक रहेको कार्यक्रमको अध्यक्षता विज्ञानले गरेका थिए भने सञ्चालन शुशिलले गरेका थिए । सहिद परिवारलाई दोसल्ला र सम्मान पत्रसहित सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सचिव प्रतिकले आफ्नो पार्टी सहिदका अधुरा सपना साकार पार्न एकीकृत जनक्रान्तिको माध्यमबाट संघर्षमा रहेको बताए । जनयुद्धमा सहिदको बलिदानलाई भर्याङ बनाएर केही नेता व्यक्तिगत स्वार्थ र कुर्सीको खेलमा लागेको भन्दै रोष प्रकट गरे । सम्मान कार्यक्रम फागुन २१ गतेसम्म हुने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :