गणतान्त्रिक खेलकुद महासंघकाे दाङमा खुल्ला पुरुष भलिबल प्रतियोगिताको उद्घाटन

गणतान्त्रिक खेलकुद महासंघकाे दाङमा खुल्ला पुरुष भलिबल प्रतियोगिताको उद्घाटन

दाङ : नेपाल गणतान्त्रिक खेलकुद महासंघले आयोजना गरेको खुल्ला पुरुष भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रम आज भएको छ ।

दाङका प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्यको प्रमुख आतिथ्यता र दाङ जिल्ला प्रहरी उपरीक्षक गणेश चन्दको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता महासंघका केन्द्रीय अध्यक्ष जयन्द्र बहादुर चन्दले गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी जय नारायण आचार्यले प्रतियोगिताले नयाँ प्रतिभाहरु प्रस्फुटन हुने र समग्र खेलकुदको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले कोरोना माहामारीपछि बिस्तारै खेलकुदले गति लिन लागेको कुरा उल्लेख गर्नुभयो । खेलकुद विकासमा महासंघले आयोजना गर्ने कार्यक्रमको महत्वपूर्ण भूमिका रहने बतायुउनुभयो । महासंघका केन्द्रीय उपाध्यक्ष चक्र बहादुर सिंहको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन महासंघका महासचिव विनोद चन्दले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :