रुकुम पश्चिममा नेकपाकाे एकिकृत जनदिशा अभियान तिब्र

रुकुम पश्चिममा नेकपाकाे एकिकृत जनदिशा अभियान तिब्र

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी रुकुम पश्चिमले एकिकृत जनदिशा अभियानलाई रुकुम पश्चिममा तिब्र पारेको छ ।

जनताका घरदैलोमा भेटघाट, विद्यालयहरुमा अन्तरक्रिया कमिटी गठन, जनवर्गीय संगठनका सम्मेलन, भेला गर्दै अभियानलाई जारी राखेको आठबिसकोट नगरपालिका सेक्रेटरी महेश बस्नेत (तुफान) ले जानकारी दिनुभयो ।

अभियानलाई सफल पार्न सानो भेरी गाउँपालिका र चौरजाहारी नगरपालिकाको संयुक्त, आठबिसकोट नगरपालिका र बाँफिकोट गाउँपालिकाकाे संयुक्त, मुसिकोट नगरपालिका र त्रिबेणी गाउँपालिकाकाे संयुक्त अभियान सफल पार्न आ-आफ्नो कार्य क्षेत्रमा जिल्लाका नेता तथा कार्यकर्ताहरु जिम्मेवारीका साथ खटिएको जानकारी दिनुभयो ।

गत माघ ६, ७ र ८ गते आठबिसकोट नगरपालिकामा जिल्ला इन्चार्ज चन्द्र लगायत राप्ती ब्युरोका सदस्य सहितको सहभागितामा एकीकृत जनदिशा अभियान भब्यताका साथ उद्दघाटन भएको थियो भने हाल अभियान निरन्तर जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :