एकीकृत जनक्रान्तिमा सेना पुलिसको हतियार हामीतिर हैन दलालतिर हुनेछन् : उभार

एकीकृत जनक्रान्तिमा सेना पुलिसको हतियार हामीतिर हैन दलालतिर हुनेछन् : उभार

काठमाडौँ : कास्की जिल्लामा २६ औँ जनयुद्ध दिवसको अवसर र सहिद सप्ताह कार्यक्रम अन्तर्गत आयोजित सहिद तथा बेपत्ता योद्धाको सम्मान तथा पारिवारीक जमघट भएको छ । एकीकृत जनक्रान्तिमा सेना र पुलिस राष्ट्रियताका पक्षमा लडिरहने भन्दै सेना पुलिसको हतियार नेपाल कम्युनिस्ट पार्टी तर्फ नभई दलालहरुतिर फर्कने नेकपा कास्की जिल्ला इन्चार्ज पुर्णजित पुन ‘उभार’ ले बताए ।

उक्त कार्यक्रममा कास्की जिल्लामा तत्कालिन माओवादीले सञ्चालन गरेको महान् जनयुद्धमा बलिदानी गरेका सहिद परिवार साथै बेपत्ता परिवारहरुको उपस्थिति रहेको थियो । सहिद तथा बेपत्ता परिवारले आ–आफ्नो धारणा राख्ने क्रममा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई क्रान्तिको बाँकी कार्यभार पूरा गर्ने जिम्मेवारी रहेको र नेकपाप्रति बिस्वस्त रहेको उल्लेख गरेका थिए ।

कार्यक्रममा बोल्ने क्रममा कास्की जिल्ला बेपत्ता परिवार समाजका अध्यक्ष अणनाथ बरालले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई शुभ–कामना दिँदै सचेतताका साथ अघि बढ्न आग्रह गरे । यसैगरी राज्यद्वारा बेपत्ता पारीएका पुर्ण पौडेलको आमा मोतिमाया पौडेलले भावुक हुँदै विप्लवलाई खुट्टा नकमाउन अपिल गर्नुभयो ।

अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रकाश बास्तोलाले सञ्चालन गरेको उक्त कार्यक्रममा कास्की जिल्ला सेक्रेटरी बिस्वासले अध्यक्षता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :