सहिदको सपना

कविता

महान् सहिदहरूले देखाएको बाटो
भुल्नेछैनौँ क्रान्तिकारीहरूले
कसैले त सहिदको रगतमाथि
होली खेलिसके
तर सहिदको सपना भुल्नेछैनौँ
क्रान्तिकारीहरूले ।

सहिदको सपना पूरा भएको छैन
हामी लड्छौँ यो
दलाल संसदीय व्यवस्थाका विरुद्ध
पूरा गर्नलाई सहिदको सपना
पूरा गर्नलाई आम नेपाली जनताको अधिकार
लालसलाम छ देश र जनताका लागि
बलिदान गर्ने महान् सहिदहरूलाई ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :