नेकपा गुल्मीद्वारा सहिद तथा बेपत्ता परिवारसँग भेटघाट

नेकपा गुल्मीद्वारा सहिद तथा बेपत्ता परिवारसँग भेटघाट

गुल्मी : नेपाल कम्युनिस्ट पार्टी गुल्मीले सहिद–सप्ताहको सन्दर्भमा सहिद तथा बेपत्ता परिवारजनलाई भेटघाट गरेको छ । फागुन १४ देखि सुरु भएको सहिद सप्ताह कार्यक्रम फागुन २१ गतेसम्म नेकपाले देशव्यापी सहिद, बेपत्ता तथा घाइते योद्धाहरुलाई भेटघाट तथा सम्मान गर्ने घोषणा गरेको छ ।

सम्मान तथा भेटघाटको क्रममा महान् जनयुद्धका क्रममा सहादत प्राप्त गरेका सहिद खिमविक्रम रावलको परिवारलाई भेटघाट तथा सम्मान गरेको छ । सहिद तथा बेपत्ता योद्धाहरुलाई भेटघाटको क्रममा परिवारजनको अवस्था, उनीहरुसँग राजनीतिक वैचारिक छलफल र महान् सहिदहरुका अधुरा सपनाहरुको बारेमा विमर्श गरेको नेकपा गुल्मीले बताएको छ ।

भेटघाट कार्यक्रममा सहिद खिमविक्रमका माइला दाजु रामप्रसादको अध्यक्षता र अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य एवम् लुम्बिनी क्षेत्रीय समन्वय समितिको संयोजक बिरेन्द्र विकको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा विकले जनयुद्धका महान् सहिदहरुको सपना अधुरो रहेको भन्दै उनीहरुका सपनाहरु साकार पार्न नयाँ क्रान्तिको थालनी भएको बताए । भेटघाट कार्यक्रममा नेकपाका जिल्ला स्तरिय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :