युवा संगठन नेपाल, तुलसीपुरकाे दोस्रो सम्मेलन सम्पन्न

युवा संगठन नेपाल, तुलसीपुरकाे दोस्रो सम्मेलन सम्पन्न

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल दाङ जिल्ला अन्तर्गत तुलसीपुरको दोस्रो नगर सम्मेलन सम्पन्न भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला सेक्रेटरी भगवानराजको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा युवा संगठन नेपाल राप्ती ब्युरो इन्चार्ज अनिल, युवा संगठन नेपाल नारायणी ब्युरो इन्चार्ज विरेन्द्र, युवा संगठन नेपाल दाङ जिल्ला सम्मेलन आयोजक समिति संयोजक मनोज, नेकपा घोराही इन्चार्ज जनक, ट्रेड युनियन महासंघ राप्ती ब्युरो इन्चार्ज डिल्ली, नेकपा तुलसीपुर पूर्वी इन्चार्ज मदन, नेकपा पश्चिम तुलसीपुर इन्चार्ज सरलको सहभागिता थियो भने कार्यक्रमको अध्यक्षता जेसनले गर्नुभएको थियो ।

दोस्रो नगर सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि भगवानराजले सामाजिक दलाल सरकारका कारण राष्ट्र र जनताको जीवनमा गम्भीर संकट आइरहेकोले त्यसको समाधान वैज्ञानिक समाजवादी राज्यसत्ताको स्थापनाबाट मात्र सम्भव हुने जिकिर गर्नुभयो । उहाँले अब सम्पूर्ण युवाहरुको एउटै लक्ष्य र उदेश्य भनेको एकीकृत जनक्रान्तिमार्फत राष्ट्र र जनताको भाग्य र भविष्यको निर्माण गर्ने वैज्ञानिक समाजवादी राज्यसत्ताको स्थापना गर्नु रहेकाले आम युवाहरुलाई दलालहरुका विरुद्ध निर्मम संघर्ष गर्न अपिल समेत गर्नुभयो । भगवानराजले दलाल पुजिवादी संसदीय व्यवस्था असफल भैसकेको र अब युवाहरुले एकपटक अन्तिम र निर्णायक संघर्ष गरी समाजवादी झण्डा फहराउन एकीकृत जनक्रान्तिमा संगठित हुन आह्वान गर्नुभयो ।

त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि युवा संगठन नेपाल, राप्ती ब्युरो इन्चार्ज अनिलले सबैखाले पुजिवादी विश्व व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादी राज्यसत्ताको स्थापना नै आजको देश र दुनियाँको एक मात्र निर्विकल्प आवश्यकता भएको उल्लेख गर्नुभयो । कार्यक्रम अन्य वक्ताहरुले पनि प्रशिक्षणमुलक मन्तव्य राखेका थिए ।
सम्मेलनले जेसनको नेतृत्वमा १९ सदस्यीय नगर कमिटी चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :