मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाको जित

मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाको जित

एजेन्सी : लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा स्पेनिस ला लिगामा बार्सिलोनाले सहज जित हात पारेको छ । बुधबार राति भएको खेलमा उपाधिका दाबेदार मानिएको बार्सिलोनाले इल्चेलाई ३–० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले खेलको ४८ औँ र ६८औँ मिनेटमा दुई गोल गरे भने जोर्डी अल्बाले ६८औँ मिनेटमा एक गोल गर्दै बार्सिलोनालाई ३–० को जित दिलाए ।

जितसँगै बार्सिलोनाले २४ खेलमा ५० अंक जोड्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ भने इल्चे २१ अंकसहित रेलिगेसन जोनमा कायम रहेकोछ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :