अखिल (क्रान्तिकारी) ले बर्दियामा संगठन विस्तार गर्दै

अखिल (क्रान्तिकारी) ले बर्दियामा संगठन विस्तार गर्दै

बर्दिया : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) बर्दियाले संगठन विस्तारमा जोड दिएको छ । अखिल (क्रान्तिकारी) बर्दियाका अध्यक्ष हरी प्याकुरेलको नेतृत्वमा विभिन्न विद्यालय तथा क्याम्पसहरूमा संगठन विस्तार गरेको हो ।

शिक्षा क्षेत्रमा भइरहेको निजिकरण, व्यापारिकरण र दलालीको सन्दर्भलाई विद्यार्थीसँग अन्तरक्रिया गर्दै संगठन निर्माण गरिरहेको संयोजक प्याकुरेलले बताए । बैतडीकी किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै प्रदर्शनको नेतृत्व गरेको संगठनले हत्या, हिंसा, बलात्कार र भ्रष्टाचार जस्ता सामाजिक विकृतिका विषयमा समेत विद्यार्थीहरूमा जनचेतना फैलाउने काम समेत गरिरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :