अखिल (क्रान्तिकारी) पाल्पाले गर्यो विरोध प्रदर्शन

अखिल (क्रान्तिकारी) पाल्पाले गर्यो विरोध प्रदर्शन

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) पाल्पाले सोमबार जिल्लाको विभिन्न स्थानमा भागरथी भट्ट लगायत अन्य सबैको न्यायको लागि संघर्षका कार्यक्रम अन्तरगत विरोध प्रदर्शन गरेको छ । अखिल (क्रान्तिकारी) पाल्पाका जिल्ला अध्यक्ष लङ्कले उक्त विरोध प्रदर्शनलाई सम्बोधन गरेका थिए ।

उनले भागरथी भट्टको बलात्कारपछि भएको मानवता विरोधी हत्याले अहिलेको सरकार, राज्य व्यवस्था र यसका सञ्चालकहरू देश र जनताको जीवन प्रति गैरजिम्मेवार रहेको स्पष्ट रहेको र संगठनद्वारा भागरथी भट्ट लगायत देशैभरि भएका बलात्कार, हत्या र महिला तथा बालबालिकाहरू माथिका हिंसाका घटनाहरूको गम्भीर छानबिन गरी घटनाका दोषिहरूलाई कडा भन्दा कडा कारबाही गर्न जोडदार माग गरे ।

गत माघ २१ गते बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिकाको सिर्कोटस्थित सनातन माविमा कक्षा १२ मा अध्ययनरत १७ वर्षीय छात्रा भागरथी भट्टको विद्यालयबाट फर्किने क्रममा बाटोमा बलात्कार पछि भएको हत्याको घटनाप्रति घोर निन्दा एवम् भ्रत्र्सना गर्दै अखिल (क्रान्तिकारी) केन्द्रीय समितिले फागुन ४ गते एक विज्ञप्ति जारी गर्दै संघर्षका कार्यक्रमहरूको घोषणा गरेको थियो । सोही संघर्षका कार्यक्रम अन्तरगत १० गते अखिल (क्रान्तिकारी) ले विरोध प्रदर्शन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :