रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा युभेन्ट्स विजयी

रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा युभेन्ट्स विजयी

एजेन्सी : स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा इटालियन सिरी ‘ए’ फुटबलको साविक विजेता युभेन्ट्सले सहज जित निकालेको छ । गएराति भएको खेलमा युभेन्ट्सले क्रोटोनलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेका थिए भने वेस्टन म्याकेनीले एक गोल गरे । खेलको ३८ औँ र पहिलो हाफको इन्जुरी समयमा रोनाल्डोले हेडमार्फत गोल गरेका थिए ।

६६ औँ मिनेटमा वेस्टनले गोल गर्दै युभेन्ट्सलाई ३–० को जित दिलाएसँगै युभेन्ट्स २२ खेलमा अव ४५ अंकसहित लिगको तेस्रो स्थानमा उक्लिएको छ भने क्रोटोन १२ अंकसहित पुछारमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :