रणनीतिक संयुक्त मोर्चा र तीन विश्वको सिद्धान्त

रणनीतिक संयुक्त मोर्चा र तीन विश्वको सिद्धान्त

क्रान्तिका तीन जादुगरी हतियार क्रान्तिकारी पार्टी, सेना र संयुक्त मोर्चा सार्वभौम र सर्वग्राह्य भइरहेको सन्दर्भमा नेपालमा रणनीतिक संयुक्त मोर्चा निर्माणको पहलकदमीले फेरि माओले अघि सार्नुभएको तीन विश्वको सिद्धान्तको सान्दर्भिकताबारे बहस सुरु भएको छ । स्तालिनको मृत्युपछि सोभियत सङ्घ ख्रुस्चेबी संशोधनावादी राजमार्गमा उफ्रँदै गोर्भाचोभको नेतृत्वमा ग्लासनोस्त ‘खुलापन’ र पेरेस्त्रोइका ‘पुनर्निर्माण’ को मन्दविषद्वारा पतनमार्गोन्मुख हुँदै गर्दा माओले तीन विश्वको सिद्धान्त अघि सार्नुभएको थियो । उत्पीडित राष्ट्रहरूलाई एकजुट भएर आफ्नो मुक्तिमार्गमा निरन्तर अघि बढ्न प्रेरित गर्दै सामन्तवाद तथा विश्व साम्राज्यवादविरुद्ध विश्वका कम्युनिस्ट–सर्वहारालाई एकजुट हुन आह्वान गरेको उक्त तीन फरक विश्वको सिद्धान्त सन् १९७७ नोभेम्बर १ मा पेकिङ वैदेशिक भाषा प्रेसले प्रकाशन गरेको पुस्तकका रूपमा प्रकाशित छ । पुस्तकमा लेखिएको छ, ‘साम्राज्यवाद, उपनिवेशवाद र प्रभुत्ववादविरुद्ध लड्ने प्रधान शक्ति तेस्रो विश्वका देशहरू र जनता हुन् ।’

माओको तीन विश्वको सिद्धान्त तत्कालीन विश्वको यथार्थपरक वैज्ञानिक विश्लेषण थियो । वर्गसङ्घर्षका अनेक वस्तुगत वास्तविकता हुन सक्तछन्, तर माक्र्सवादी विश्व दृष्टिकोणमा यसको एकीकृत र केन्द्रीकृत अभिव्यक्ति हुन जरुरी छ । माओले सन् १९७४ तिर भन्नुभएको थियो, “मेरो विचारमा अमेरिका र सोभियत सङ्घ पहिलो विश्व । जापान, युरोप, क्यानाडा र मध्यभाग दोस्रो विश्व र बाँकी हामी तेस्रो विश्व हौँ । तेस्रो विश्वमा ठूलो जनसङ्ख्या छ । जापानलाई छोडेर एसिया तेस्रो विश्वअन्तर्गत पर्छ । सम्पूर्ण अफ्रिकालगायत ल्याटिन अमेरिका पनि तेस्रो विश्व नै हो ।” यसअघि लेनिनले पनि सन् १९२१ मा भन्नुभएको थियो, “यहाँ दुई विश्व छन्– एउटा पुँजीवादको पुरानो विश्व र अर्को उदाउँदो नयाँ विश्व ।” लेनिनअनुसार हामी उदाउँदो नयाँ विश्वमा पर्छौँ भने माओअनुसार हामी तेस्रो विश्वमा पर्दछौँ, जुन उदाउँदो नयाँ विश्वको नयाँ जनक्रान्तिको आधारक्षेत्र हो ।

स्तालिनले भन्नुभएको थियो, “विश्व दुई शिविरमा विभक्त छ । एउटा शिविर साम्राज्यवादको अर्को समाजवादको । एउटा शिविर मुठीभर विकसित देशहरूको जसले वित्तीय पुँजी निर्माण गर्छ र गोलाद्र्धका बहुमत जनसङ्ख्यामाथि पुँजीकै माध्यमबाट शोषण गर्छ । अर्को शिविर बहुमत शोषित र दबाइएका देशहरूको, जुन परनिर्भर छन् र उपनिवेश बनाइएका छन् ।” माओले सन् १९६६ अक्टोबर २५ मा भन्नुभएको थियो, “एसिया, अफ्रिका र ल्याटिन अमेरिकामा उठेको क्रान्तिकारी आँधीले पुरानो विश्वसँग निर्णायक भिडन्त गर्नेछ र पुरानो विश्वको गतिलाई रोक्नेछ ।” यी सैद्धान्तिक, दार्शनिक एवम् ऐतिहासिक तथ्यहरूबाट स्पष्ट हुन्छ कि तेस्रो विश्वमा उठ्ने अबको जनक्रान्तिको आँधीबेहेरीलाई जति रोक्ने खोजे पनि पुरानो विश्वले कुनै पनि हालतमा रोक्न सक्नेछैन । पुरानो विश्व शोषणकारी पुँजीवादी– साम्राज्यवादी मुलुक हुन् । रणनीतिक संयुक्त मोर्चा क्रान्ति सम्पन्न गर्ने जनक्रान्तिको नयाँ रणनीतिक मोर्चा हो । यो तेस्रो विश्वका लागि रणनीतिक हतियार पनि हो ।

नेपालमा चुलीमा पुग्न लागेको क्रान्तिको रातो झन्डा फालेर हिन्द महासागरतिर तत्कालीन नेतृत्व बुर्कुसी मारेपछि तत्कालीन रूपमा धेरैलाई नेपाली क्रान्तिले सेटक्याक खाएको अनुभूति भएको थियो । यद्यपि नेपाली वर्गसङ्घर्षको ऐतिहासिक र जाज्वल्यमान विरासत जेजस्तो भए पनि तत्क्षणमा आइपरेका नकारात्मक विरासत आफ्नो ठाउँमा छ । तर पनि जेजति र जेजस्तो परिस्थिति आइलागे पनि नेपाली क्रान्तिको आधारभूत तहमा क्रान्तिकारी आदर्श र क्रान्तिकारी सपनामा कुनै स्खलन आएको थिएन । क्रान्तिकारीहरू त्यही सपना र आदर्शलाई आत्मसात् गर्दै क्रान्तिकारी राजनीतिक दल, शक्ति तथा अन्य विविध क्षेत्रका प्रतिनिधिहरू आ–आफ्नो ठाउँमा प्रतिबद्ध र क्रियाशील नै थिए । त्यही प्रतिबद्धता र क्रियाशीलताको बिचबाट नेपालको कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी राजनीति यतिबेला सामाजिक फासिवादी दलाल संसदीय व्यवस्थाका विरुद्ध भीषण वर्गसङ्घर्षमा टक्राइरहेको छ । रणनीतिक संयुक्त मोर्चा त्यही टकरावको अपरिहार्य वस्तुगत परिणाम हो ।

माओले सन् १९७४ तिर भन्नुभएको थियो, “मेरो विचारमा अमेरिका र सोभियत सङ्घ पहिलो विश्व । जापान, युरोप, क्यानाडा र मध्यभाग दोस्रो विश्व र बाँकी हामी तेस्रो विश्व हौँ । तेस्रो विश्वमा ठूलो जनसङ्ख्या छ । जापानलाई छोडेर एसिया तेस्रो विश्वअन्तर्गत पर्छ । सम्पूर्ण अफ्रिकालगायत ल्याटिन अमेरिका पनि तेस्रो विश्व नै हो ।” यसअघि लेनिनले पनि सन् १९२१ मा भन्नुभएको थियो, “यहाँ दुई विश्व छन्– एउटा पुँजीवादको पुरानो विश्व र अर्को उदाउँदो नयाँ विश्व ।” लेनिनअनुसार हामी उदाउँदो नयाँ विश्वमा पर्छौँ भने माओअनुसार हामी तेस्रो विश्वमा पर्दछौँ, जुन उदाउँदो नयाँ विश्वको नयाँ जनक्रान्तिको आधारक्षेत्र हो ।

नेपालको जनक्रान्तिको आफ्नै विशेषता रहँदै आएको छ । दश बर्से जनयुद्ध पनि नेपाली विशेषतायुक्त थियो । नेपालको वर्गसङ्घर्षको इतिहासमा अनेक प्रकारका आन्दोलन, सङ्घर्ष, अवज्ञा, विद्रोहको उत्कर्षका रूपमा रहेको जनयुद्ध र पछिल्लो चरणमा उठेको जनक्रान्तिको झन्डाको आफ्नै महत्व र अपनत्व रहँदै आएको छ । जस्तोसुकै परिस्थितिमा पनि क्रान्तिकारीहरूले आफ्नो क्रान्तिकारी कार्यभारलाई बिर्सिएका हुँदैनन् । उनीहरूले अनेक तरहले क्रान्तिलाई अगाडि बढाउन चाहिरहेकै हुन्छन् । यसैबिचमा सामाजिक फासिवादी ओली सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले संयुक्त रूपमा एक भव्य र ऐतिहासिक कार्यक्रमका साथ रणनीतिक संयुक्त मोर्चा घोषणा गरेका छन् । यो पहिलो पाइला भए पनि यसले आफ्नो हजारौँ माइलको यात्रा निर्देश गरेको छ ।

अन्तर्राष्ट्रिय गीतबाट प्रारम्भ भएको राणनीतिक संयुक्त मोर्चाको घोषणासभामा वक्ताहरूले विचारोत्तेजक सम्बोधन गर्नुभएको थियो । घोषणासभामा बोल्दै गुणराज लोहनीले नेपालमा प्रतिगमन जनमुक्ति सेनाको विघटनसँगै सुरु भएको बताउँदै प्रचण्ड–माधव समूहको जारी प्रतिगमनविरोधी आन्दोलनको कुनै औचित्य नभएकोले अब वैज्ञानिक समाजवादको बाटोमा जानुपर्ने कुरामा जोड दिनुभएको थियो । अर्का वक्ता मोहन वैद्यले चार कम्युनिस्ट पार्टीको संयुक्त कार्यक्रमको लक्ष्य नेपालका सबै क्रान्तिकारी शक्तिलाई एकताबद्ध गर्नु रहेको, जनगणतन्त्र र वैज्ञानिक समाजवाद प्राप्तिको लक्ष्य पूरा गर्न आवश्यक रहेको बताउँदै विप्लव नेकपालाई ओली सरकारले तत्काल प्रतिबन्ध नहटाए ठूलो आन्दोलनको आँधीबेहरी सिर्जना हुने उद्घोष गर्नुभएको थियो । अर्का वक्ता, ऋषि कट्टेलले सरकारले नेकपामाथि लगाइएको प्रतिबन्ध फिर्ता नलिए क्रान्तिकारी जनताले त्यसको प्रतिरोध गर्ने चेतावनी दिँदै विप्लव नेतृत्वको नेकपाका गिरफ्तार नेता–कार्यकर्तालाई ओली सरकारले रिहा नगरे जनताले जेलको ढोका फोरेर भए पनि मुक्त गर्ने चेतावनी दिनुभएको थियो । यसैगरी, अर्का वक्ता आहुतिले चार कम्युनिस्ट पार्टीको रणनीतिक संयुक्त कार्यक्रमको लक्ष्य पार्टी एकता भएको बताउँदै नेपालमा प्रतिगमन प्रचण्डको वैचारिक विचलनसँगै सुरु भएको दाबी गर्नुभएको थियो ।

रणनीतिक संयुक्त मोर्चा विश्व कम्युनिस्ट आन्दोलनमा भारत, चीन र कोरियामा आंशिक प्रयोग भए पनि त्यस्तो अन्येत्र प्रयोग नभएको जिकिर गरिएको छ । रणनीतिक संयुक्त मोर्चाले दलाल पुँजीवादी संसदीय व्यवस्था समस्याग्रस्त मात्रै भएको छैन कि दार्शनिक एवम् सैद्धान्तिक रूपमा समेत यो व्यवस्था पूर्णतः असफल भएकोले त्यसको विकल्पमा अग्रगामी राजनीतिक निकास दिने प्रतिबद्धता व्यक्त गरेको छ । नेपाली राजनीति, मुख्यतः क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूबिचको यो प्रतिबद्धतासहितको यो सहमति असामान्य र ऐतिहासिक छ । नेपालमा नेकपाका संस्थापक महासचिव कमरेड पुष्पलालले संयुक्त जनआन्दोलनको नीति अघि सार्नुभएजस्तै २०४६ को संयुक्त जनआन्दोलन, जनयुद्धको जगमा उठेको २०६२/०६३ को एन्नाईसदिने संयुक्त जनआन्दोलनको एक चरणको सफलता क्रियाशील राजनीतिक दलहरूको संयुक्त पहलमै प्राप्त भएको थियो । रणनीतिक संयुक्त मोर्चालाई संयुक्त आन्दोलनात्मक शृङ्खलाको अर्को बृहत् र विशिष्ट कडी पनि मान्न सकिन्छ । सिद्धान्ततः नीति प्रधान हो, पार्टी प्रधान हो र मोर्चा सहायक नै हो । दलाल पुँजीवादविरुद्धको लडाइँमा क्रान्तिकारी पार्टीले आमूल परिवर्तनको अगुवाइ गर्छन्, यस्ता रणनीतिक मोर्चाहरू महत्वपूर्ण पूरक भूमिकामा रहन्छन् । त्यसैले, रणनीतिक संयुक्त मोर्चालाई अग्रगामी एवम् रूपान्तरणकारी मोर्चा भन्नु अन्यथा हुनुहुँदैन । यसबाट एकीकृत क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणको आधार सुनिश्चित हुनेछ ।

नेपालमा यतिबेला संसदीय पुँजीवादी धाराका राजनीतिक दलहरू ‘निर्वाचन’ र ‘पुनस्थापना’ को नारामा अलमलिरहँदा रणनीतिक संयुक्त मोर्चा निर्माणबारे विभिन्न कोणबाट बहस सुरु भएका छन् । तर, नेपालका क्रान्तिकारीहरूले ‘निर्वाचन’ र ‘पुनस्र्थापना’ ले देशको जल्दोबल्दो समस्या समाधान नगर्ने भएकोले अब सबैले आफ्नो ध्यान वैज्ञानिक समाजवादी राज्यप्रणालीको स्थापनामा लगाउनुपर्ने कुरामा जोड दिइरहेका छन् । यसै सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले ‘ई–रातोखबरमा’ मा एक लेख लेख्दै भन्नुभएको छ, “रणनीतिक संयुक्त मोर्चा निर्माण गर्ने चार पार्टी सहमति संयुक्त मोर्चा निर्माणको पहिलो आधारशिला मात्र हो । हामीले प्रस्ट बुझेका र भनेका छौँ– यो मोर्चा दलाल पुँजीवादी तथा प्रतिक्रियावादी राज्यसत्ता र संसदीय व्यवस्थाको विकल्पमा जनताको नयाँ सत्ता र व्यवस्था दिनुपर्छ भन्ने जुनसुकै राजनीतिक पार्टी, संस्था र व्यक्तित्वहरूसँग संस्थागत वा व्यक्तिगत रूपमा मोर्चाबन्दी र सहकार्य गर्ने मोर्चा हो । कम्युनिस्ट मात्र होइन, प्रगतिशील लोकतन्त्रवादी, देशभक्त शक्ति र व्यक्तित्वहरू सहभागी बन्न सक्ने मोर्चा हो । यही आधारमा हाम्रा कैयौँ मित्र पार्टी र व्यक्तित्वहरूसँग सौहार्दपूर्ण छलफल चलिरहेको छ ।”

माओको तीन विश्वको सिद्धान्तअनुरूप अहिले तेस्रो विश्वका उत्पीडित तथा श्रमजीवी सर्वहारा जनताले राष्ट्रिय स्वतन्त्रताको झन्डा उँचो बनाउने, भूमण्डलीकृत साम्राज्यवादको दमन, उत्पीडन र आक्रमणविरुद्धको लडाइँले फेरि एकपटक विश्वको क्रान्तिकारी परिस्थिति निर्माणमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ । आजको विश्व जति भूमण्डलीकृत भए पनि सारतः माओकै भाष्यअनुरूप तीन विश्वको सिद्धान्तको सान्दर्भिकता उस्तै छ । हामीले विश्वभर माक्र्सवादी–लेनिनवादी–माओवादी पथप्रदर्शनमा दोस्रो र तेस्रो विश्वमा छरिएर रहेका श्रमजीवी तथा उत्पीडित जतताको एकताद्वारा आजको साम्राज्यवादविरुद्धको लडाइँमा शानदार विजय हासिल गर्न सक्तछौँ । आजको भूमण्डलीकृत अवस्थामा हामीले पनि बृहत् अन्तर्राष्ट्रिय एकता मञ्चहरू खडा गर्नैपर्दछ । हाम्रा युद्धनीतिहरू फरक–फरक भए पनि वर्गसङ्घर्ष साम्राज्यवाद र तिनका दलाल कठपुतली सरकार अर्थात् व्यवस्थामाथि नै केन्द्रित गर्नुपर्दछ । माओको तीन विश्वको सिद्धान्तले अन्तर्राष्ट्रिय सर्वहारा जनतालाई साम्राज्यवादविरुद्ध लड्न भरपुर आत्मविश्वास र हौसला प्रदान गरेको छ । यसले सम्पूर्ण मानवजातिको हित र मानवोचित उन्नयनका निम्ति शोषणविरुद्ध लड्ने बाटो देखाएको छ । यसर्थ, समकालीन विश्व राजनीतिमा रणनीतिक संयुक्त मोर्चा मूलतः तेस्रो विश्वमा सान्दर्भिकता कैयौँगुणा बढेको छ । यो २१ औँ शताब्दीमा माक्र्सवादको नयाँ प्रयोग पनि हुन सक्नेछ ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले ‘ई–रातोखबरमा’ मा एक लेख लेख्दै भन्नुभएको छ, “रणनीतिक संयुक्त मोर्चा निर्माण गर्ने चार पार्टी सहमति संयुक्त मोर्चा निर्माणको पहिलो आधारशिला मात्र हो । हामीले प्रस्ट बुझेका र भनेका छौँ– यो मोर्चा दलाल पुँजीवादी तथा प्रतिक्रियावादी राज्यसत्ता र संसदीय व्यवस्थाको विकल्पमा जनताको नयाँ सत्ता र व्यवस्था दिनुपर्छ भन्ने जुनसुकै राजनीतिक पार्टी, संस्था र व्यक्तित्वहरूसँग संस्थागत वा व्यक्तिगत रूपमा मोर्चाबन्दी र सहकार्य गर्ने मोर्चा हो । कम्युनिस्ट मात्र होइन, प्रगतिशील लोकतन्त्रवादी, देशभक्त शक्ति र व्यक्तित्वहरू सहभागी बन्न सक्ने मोर्चा हो । यही आधारमा हाम्रा कैयौँ मित्र पार्टी र व्यक्तित्वहरूसँग सौहार्दपूर्ण छलफल चलिरहेको छ ।”

वक्तव्यमार्फत् २०७७ पुस १४ मा चार राजनीतिक दलका बिचमा रणनीतिक संयुक्त मोर्चाको निर्माण गर्ने घोषणा गरेपछि नेपालको राजनीतिमा एउटा तरङ्ग आएकै थियो, त्यसमाथि झन् २०७७ माघ २९ गते धक्कामूलक ऐ्तिहासिक कार्यक्रमका साथ रणनीतिक संयुक्त मोर्चाको अवधारणापत्र सार्वजनिक गरिएपछि यसबारेका विविध तर्कहरू एकरेखीय बन्दै गएको छ । रणनीतिक संयुक्त मोर्चाको अवधारणापत्रको प्रारम्भमै भनिएको छ, ‘नेपाली समाजको तत्कालीन वा दीर्घकालीन समस्या दलाल तथा प्रतिक्रियावादी संसदीय व्यवस्था र राज्यसत्ताबाट सम्भव छैन, त्यसका लागि क्रान्तिद्वारा जनगणतन्त्र/वैज्ञानिक समाजवादी व्यवस्था निर्माण अनिवार्य छ भन्ने यथार्थप्रति हामी स्पष्ट र दृढ छौँ । नेपाली क्रान्तिको यो रणनीति हासिल गर्न कम्युनिस्ट क्रान्तिकारीका अलावा वामपन्थी, देशभक्त र सच्चा लोकतन्त्रवादी शक्ति तथा व्यक्तित्वहरूको पनि अहम् भूमिका रहने हुनाले हामी त्यस्ता शक्ति एवम् व्यक्तित्वहरूलाई पनि यस रणनीतिक मोर्चामा सामेल हुन अपिल गर्दछौँ । सात दशक लामो नेपालको कम्युनिस्ट आन्दोलनमा रणनीतिक संयुक्त मोर्चा केवल नीतिमा सीमित हुन पुगेको थियो तर आजको वस्तुगत आवश्यकता र कम्युनिस्ट क्रान्तिकारीहरूको सचेत प्रयत्नबाट रणनीतिक संयुक्त मोर्चा व्यवहारमा प्रकट हुन सम्भव भएको छ । यस ऐतिहासिक क्रान्तिकारी प्रयोगमा आइपर्ने सबै खालका अड्चनहरूलाई सिद्धान्तको सिर्जनात्मक प्रयोग र क्रान्तिप्रतिको निष्ठामा आधारित भई समाधान गर्दै अघि बढ्नुपर्ने दायित्वप्रति हामी सचेत छौँ ।’

रणनीतिक संयुक्त मोर्चाले आफ्नो अवधारणापत्रमा नेपाली राजनीतिको वस्तुगत तथा आत्मगत अवस्थाबारे पनि सङ्क्षिप्त रूपमा उल्लेख गरेको छ । अवधारणापत्रमा भनिएको छ, ‘ लामो समयदेखि नेपाली जनता र प्रतिक्रियावादी व्यवस्था तथा राज्यसत्ताका बिचमा सङ्घर्ष चल्दै आएको छ । प्रतिक्रियावादी सत्तामा आमूल परिवर्तन गर्नका लागि कम्युनिस्ट पार्टीको नेतृत्वमा भएका विभिन्न जनसङ्घर्ष र जनआन्दोलनहरू, २००९–२०११ सम्म बारा–पर्सा–रौतहटलगायत स्थानमा भएका किसान आन्दोलनहरू, ऐतिहासिक झापा विद्रोह र महान् जनयुद्धको फलस्वरूप गणतन्त्र र राजनीतिक स्वतन्त्रताजस्ता विषयमा केही मात्रात्मक उपलब्धिहरू त हासिल भएका छन् तर गुणात्मक परिवर्तन र आधारभूत कम्युनिस्ट ध्येय उद्देश्य प्राप्त भएको छैन । त्यसैगरी, २०६२/०६३ को जनआन्दोलन र मधेसी, महिला, दलित, जनजाति, मुस्लिम आदि समुदायका आन्दोलनहरूले राखेका उद्देश्य र आकाङ्क्षा पनि पूरा भएका छैनन् । नेपालको सार्वभौमसत्ता तथा राष्ट्रिय स्वाधीनतामाथि साम्राज्यवादी शक्तिहरूले निरन्तर गर्दै आएका हस्तक्षेपका विरुद्ध नेपाली जनताले राष्ट्रिय मुक्ति सङ्घर्ष लगातार सञ्चालन गर्दै आएका छन् तर त्यसले पनि पूर्णता पाइसकेको छैन । फलतः आज पनि नेपाल साम्राज्यवादी नवऔपनिवेशिक साङ्लोमा बाँधिएकै अवस्थामा छ । सत्ता र संरचनाको मूल भूमिकामा दलाल पुँजीवाद र दलाल पुँजीपति वर्ग रहन पुगे पनि विभिन्न क्षेत्रमा अवशेषका रूपमा सामन्तवाद पनि जीवन्त छ ।’

आजको विश्व निगम पुँजीवादद्वारा आक्रान्त छ । त्यसैले त उहीसित समाजवादीहरूको सिधासिधा लडाइँ परिरहेको छ । त्यसैले, हामीले नेपाललगायत तेस्रो विश्वका देशहरूमा वैज्ञानिक समाजवादी आन्दोलन उठाउने आवश्यकता ज्वलन्त बन्न गएको हो । नेपालजस्तो तेस्रो विश्वका देशहरूमा अनगिन्ती समस्या त छन् तर त्योभन्दा कैयौँगुणा बढ्ता साम्राज्यवादी देशहरू जटिल समस्याद्वारा आक्रान्त छन् । माओले भन्नुभएझैँ अमेरिकी साम्राज्यवाद कागजी बाघ हो । उसलाई सानो सियोले प्वाल पार्न सकिन्छ । हामीलाई विश्वास छ, नवनिर्मित रणनीतिक संयुक्त मोर्चा कागजी बाघहरूको साम्राज्यमा प्वाल पार्ने सियो बन्नेछ; तेस्रो विश्वका देश र जनताका लागि मुक्ति र स्वतन्त्रताको रणनीतिक हतियार बन्नेछ; नेपालको सामाजिक फासिवादी दलालहरूको टाउकोमा बजार्ने बडेमानको घन पनि बन्नेछ । माओले भन्नुभएझैँ तिमी तिम्रो तरिकाले लड, हामी हाम्रो तरिकाले लड्छौँ भन्ने कुरा त छँदै छ ।

४ फागुन, २०७७

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :