नेपालमा आज १११ जना कोरोना सङ्क्रमित निको भए, मृतकको सङ्ख्या २,०५८ पुग्यो

नेपालमा आज १११ जना कोरोना सङ्क्रमित निको भए, मृतकको सङ्ख्या २,०५८ पुग्यो

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा १११ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ६९ हजार ५०५ पुगेको छ । यो कुल सङ्क्रमितको ९८ दशमलब ७ प्रतिशत हो ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा ४२ महिला र ५४ पुरुष गरी जम्मा ९६ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा १६ महिला र २६ पुरुष गरी जम्मा काठमाडौँ उपत्यकामा ४२ जना नयाँ सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ३ हजार ५४१ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ७३ हजार १६६ पुगेको छ ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप ३ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या २ हजार ५८ पुगेको छ ।

मन्त्रालयका अनुसार नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ६०३ रहेको छ । त्यसमा आई.सी.यु.मा ६१ जना र भेन्टिलेटरमा १३ जनाको उपचार भइरहेको छ । यसैगरी आइसोलेसनमा १ हजार ५२ जना र क्वारेन्टाइनमा ७१ जना रहेका छन् ।

यसैगरी ५०० बढी सङ्क्रमित हुने जिल्ला काठमाडौँ रहेको छ भने सून्य सङ्क्रमित भएको जिल्लाहरु : भोजपुर, सोलुखुम्बु, मुस्ताङ, मुगु, रुकुम (पश्चिम) र अछाम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :