युवा सङ्गठन नेपाल बाजुराको प्रथम भेला सम्पन्न

युवा सङ्गठन नेपाल बाजुराको प्रथम भेला सम्पन्न

काठमाडौँ : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट निकट युवा सङ्गठन नेपाल बाजुरा जिल्लाको प्रथम भेला सम्पन्न भएको छ । भेलाले उज्वलको नेतृत्वमा ९ सदस्यीय जिल्ला कमिटी चयन गरिएको हो ।

भेलामा नेकपा बाजुराका जिल्ला इन्चार्ज भानसिंह प्रमुख अतिथि रहेका थिए भने विशिष्ट अथितिमा युवा सङ्गठन नेपालका सेम ब्युरो संयोजक कमल रहेका थिए । भेलामा जिल्लाका विभिन्न क्षेत्रबाट प्रतिनिधि सहभागी रहेका थिए ।

भेलाले बाजुरा जिल्लामा हुने सामाजिक विकृति विसङ्गगतीहरु र भ्रष्टाचारका विरुद्धमा संघर्ष गर्ने निर्णयसमेत गरेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :