नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशन

नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशन

काठमाडौँ : पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको २६ औँ अधिवेशन बुधबार सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन शत्रमा प्रमुख अतिथिको रुपमा सम्माननीय उपरास्ट्रपति नन्दबहादुर पुनले अधिवेशनको उद्घाटन गरेका थिए ।

पत्रकार महासंघका अध्यक्ष गोविन्द आर्चायको अध्यक्षता र महासचिव रमेश विष्टले उद्घोषण गरेको कार्यक्रममा पत्रकारहरुका विभिन्न संघ संगठनका प्रमुखहरुले शुभकामना मन्तव्य राखेका थिए ।

यस्तै शुभकामना मन्तव्यको क्रममा जनपत्रकार संगठन नेपालका संयोजक शेरबहादुर विश्वकर्माले अधिवेशनको पूर्ण सफलताको कामना व्यक्त गर्दै आफ्नो धारणा राखेका थिए । संयोजक विश्वकर्माले यस अधिवेशनले निर्माणमा नेपाली समाजको बनावट अन्तरविरोध र घटनालाई फरक–फरक दृष्टिकोण भएकाले वैचारिक प्रतिनिधित्व हुनुपर्ने, श्रमजीवि पत्रकारहरुका समस्या समाधान गर्न सशक्त पहल गर्नुपर्ने, वैचारिक आस्थाकै कारण जेल हिरासत जानुपर्ने, अहिलेको पत्रकारहरुको स्थितिमा पत्रकारहरुको पेशगत सुरक्षाका साथै, भौतिक सुरक्षा समेत गम्भीर भएकोमा महासंघले यस धारणा बनाउँनुपर्ने र महासंघको सदस्याता वितरणमा शुद्धता र पार्दशिकता कायम गर्दै संस्थालाई गरिमामय र मर्यादित बनाउन थप पहल गरिनु पर्ने तथा पे्रस तथा अभिव्यति स्वातन्त्रता साथै अहिलेको बदलिएको परिस्थिति र परिवर्तित मुद्दाहरुलाई दृष्टिगत गर्दै पत्रकारहरुको नयाँ कार्यभार ठोस ढंगले किटान गरिनुपर्ने लगायतका विषयमा जोड दिए ।

अधिवेशनको बन्दशत्र पनि विभिन्न प्रतिवेदन पास गरि महासंघको निर्वाचन सम्पन्न गर्न निर्वाचन समिति समेत गठन गरि सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :