अखिल (क्रान्तिकारी) का लामिछाने र शाही रिहा

अखिल (क्रान्तिकारी) का लामिछाने र शाही रिहा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) का काभ्रे जिल्लाबाट गिरफ्तार विद्यार्थी नेताहरु रिहा भएका छन् । बनेपा पोलिटेक्निकमा अध्ययनरत कालिकोट खडाचक्र न.पा. ६ का सर्जन शाही र गोरखा सहिद लखन गा.पा. ४ का सुरज लामिछानलाई अदालतले बुधबार रिहा गरेको हो ।

गत माघ १० गते नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्द आह्वान गर्ने क्रममा दलाल पुँजीवादी केपी–बादलका गृह प्रशासनले CTEVT एकाई कमिटीका सदस्य सुरज लामिछाने र सर्जन शाहीलाई गिरप्तार गरी मानशिक यातना दिने, झुठो मुद्दा लगाइँ कारागार चलान गर्ने अभद्र ब्यवहार गरी धम्की दिने क्रियाकलाप जस्ता काम गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :