युवा संगठन नेपालको बर्दगोरिया र जोशीपुरमा भेला सम्पन्न

युवा संगठन नेपालको बर्दगोरिया र जोशीपुरमा भेला सम्पन्न

कैलाली : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल कैलाली जिल्लाले बर्दगोरिया, जोशीपुर गा.पा. कमिटी गठन गरेको छ । अध्यक्ष शिवराज, उपाअध्दय महेस, सचिव प्रदिप लगायत १७ जनाको कमिटी गठन गरिएको युवा संगठन नेपाल कैलालीले जनाएको छ ।

भेला कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी बर्दगोरिया गा.पा. का इन्चार्ज जितु मगर र बिशिष्ट अतिथि युवा संगठन नेपाल कैलालीका संयोजक ओम भट्ट र अतिथिमा बर्दगोरिया सेक्रेटरी प्रदिप रहेका थिए । साथै उक्त कमिटीले गाउपलिकामा भएका विभिन्न भ्रष्टाचार, लागूऔषध कारोबार गर्नेलाई शसक्त कारवाही गर्ने निर्णयसमेत गरेको समाचारमा जनाइएको छ ।

त्यसैगरी भेलाले स्थानीय स्तरमा हुने अन्याय, अत्याचार, भ्रष्टचार विरुद्ध देशभक्त युवाहरुले शसक्त संघर्स गरौँ ! सुदृढ संगठन र एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापना गरौँ !! भन्ने नाराका साथ सम्पन्न गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :