नेपालमा आज १२५ जना कोरोना सङ्क्रमित थपिए, मृतकको सङ्ख्या २,०५५ पुग्यो

नेपालमा आज १२५ जना कोरोना सङ्क्रमित थपिए, मृतकको सङ्ख्या २,०५५ पुग्यो

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा महिला ४८ र पुरुष ७७ गरी जम्मा १२५ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँ उपत्यकामा महिला २७ र पुरुष ३३ गरी जम्मा ६० जना नयाँ सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ३ हजार ८३८ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ७३ हजार ७० पुगेको छ ।

नेपालमा पछिल्लो २४ घन्टामा ९१ जना निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ६९ हजार ३९४ पुगेको छ । यो कुल सङ्क्रमितको ९८ दशमलव ७ प्रतिशत हो । यसैगरी नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या २ हजार ५५ पुगेको छ ।

मन्त्रालयका अनुसार नेपालमा सक्रिय सङ्क्रमितको संख्या १ हजार ६२१ रहेको छ । त्यसमा आई.सी.यु.मा ६१ जना र भेन्टिलेटरमा १३ जनाको उपचार भइरहेको छ । यसैगरी संस्थागत आइसोलेसनमा ९९१ जना र क्वारेन्टाइनमा ७२ जना रहेका छन् ।

यसैगरी ५०० बढी सङ्क्रमित हुने जिल्ला काठमाडौँ रहेको छ भने सून्य सङ्क्रमित भएको जिल्लाहरु : भोजपुर, सोलुखुम्बु, मुस्ताङ, मुगु, रुकुम (पश्चिम) र अछाम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :