शान्ति सुरक्षाको मागसहति अखिल (क्रान्तिकारी) द्वारा संघर्ष घोषणा

शान्ति सुरक्षाको मागसहति अखिल (क्रान्तिकारी) द्वारा संघर्ष घोषणा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले माघ २१ गते बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिकाको सिर्कोटस्थित सनातन मा.वि. कक्षा १२ मा अध्ययनरत १७ वर्षीय छात्रा भागरथी भट्टको विद्यालयबाट फर्किने क्रममा बाटोमा बलात्कार पछि भएको मानवता विरोधी हत्याको घटनाप्रति घोर निन्दा एवम् भत्र्सना गर्दै संघर्षका कार्यक्रमहरू सार्वजनिक गरेको छ ।

अखिल (क्रान्तिकारी) केन्द्रीय अध्यक्ष चिरन्जीवी ढकालले मङ्गलबार विज्ञप्ति जारी गर्दै केपी ओली सरकारको रामबहादुर गृह प्रशासनले निरन्तर रुपमा जनताको शान्ति सुरक्षाको ग्यारेन्टी गर्ने काममा गम्भीर रुपमा असफल भएको उक्त घटनाले पुष्टि गरेको दाबी गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘यो स्थितिले अहिलेको सरकार, राज्य व्यवस्था र यसका सञ्चालकहरू देश र जनताको जीवनप्रति गैरजिम्मेवार रहेको स्पष्ट रहेको र हाम्रो संगठनद्वारा भागरथी भट्ट लगायत देशैभरि भएका बलात्कार, हत्या र महिला तथा बालबालिकाहरू माथिका हिंसाका घटनाहरूको गम्भीर छानबिन गरी घटनाका दोषीहरूलाई कडा भन्दा कडा कारबाही गर्न जोडदार मागसहित संघर्षका कार्यक्रमहरू सार्वजनिक गरेका छन् ।

अखिल (क्रान्तिकारी) को संघर्षका कार्यक्रमहरू

१) फागुन ९ गते : भागरथी भट्ट लगायत सबैको न्यायका लागि देशव्यापी दिप प्रज्वलन
२) फागुन १० गते : देशव्यापी विरोध प्रदर्शन
३) फागुन मसान्तसम्म : न्यायका लागि हस्ताक्षर संकलन अभियान सञ्चालन गर्ने
४) फागुन १५ गते सम्म : देशव्यापी स्थानीय निकायहरूमा छात्राहरूको सुरक्षा तथा आत्मरक्षाका लागि अनिवार्य तालिमको व्यवस्थाको लागि माग पत्र पेश गर्ने

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :