नेकपाका नेता निरु थापा रिहा

नेकपाका नेता निरु थापा रिहा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका गण्डक ब्युरो सदस्य तथा जनसरकार प्रमुख निरु थापा अदालतको आदेशमा रिहा भएका छन् । सर्वोच्च अदालतले साधारण तारेखमा थापालाई रिहा गरेको हो ।

सर्वोच्च अदालतमा परेको निबेदनको तर्फबाट बिद्वान अधिवक्त कपिल चन्द्र पोख्रेल, सन्तोष कोईराला, चुडाबहादुर निरौला, कबिता बस्नेतले बहस गरेका थिए ।

सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको आदेश जारी गर्दै निजलाई बिना कारण पुनः पक्राउ गरी बन्दि बनाईएको पाईएमा न्याय प्रसाशन ऐन अन्तर्गत प्रहरीमाथि कारवाही गरीने आदेश जारी गरेको छ ।

गण्डक ब्युरो सदस्य निरु थापालाई उपचारको क्रममा काठमाडौँको टोखामा बाटो हिडिरहेको अवस्थामा प्रहरीले गत माघ ३ गते गिरफ्तार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :