भट्टकाे हत्या गर्नेलाई छिटो कारबाहीको माग गर्दै शाेकसभा सम्पन्न

भट्टकाे हत्या गर्नेलाई छिटो कारबाहीको माग गर्दै शाेकसभा सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी बैतडीले दोगडाकेदार गाउँपालिकाकी भागरथी भट्टको १३ औँ पुण्यतिथिमा शाेकसभा तथा प्रदर्शन गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी दोगडाकेदार गाउँपालिकाले आयाेजना गरेको भट्टकाे बलात्कारपछि हत्या भएकाे १३ औँ दिनमा १३ वटा मैनबत्ति र राष्ट्रिय फुल लालीगुरास फुलको बिचमा फोटो राखेर शाेकसभामा हार्दिक श्रद्धाञ्जली दिइएको थियो ।

वडा नं. २ बणियाको रौलेश्वर मा.वि. कफलकोटमा शोकसभा अघि भट्टकाे बलात्कार तथा हत्या गर्ने दाेषीलाई छिटोभन्दा छिटो कडा कारबाहीको माग विरोध जुलुस गरिएको थियो । कार्यक्रममा सहभागीहरुले दमन हैन अधिकार दे, भागरथी भट्टलाई न्याय दे, हत्यारालाई यथाशिघ्र सार्वजनिक गर, नालायक केपी सरकार खबरदार! भन्दै नारा लगाउदै शोकसभामा विरोध जुलुस परिणत भएको थियो ।

कार्यक्रमका सहभागीहरुले भट्टको बलात्कार तथा हत्या गर्ने अपराधीलाई छिटो सार्वजनिक गरि हदैसम्मको कारबाहीको जाेडदार रूपमा माग गरेको नेपाल कम्युनिस्ट पार्टी गाउँपालिका इञ्चार्ज अाजादले जानकारी गराउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :