२६ औँ जनयुद्ध दिवसको अवसरमा साहित्यीक साँस्कृतिक कार्यक्रम

कैलाली कारागारमा रहेका राज बन्दीहरुले मनाए २६ औँ जनयुद्ध दिवस

२६ औँ जनयुद्ध दिवसको अवसरमा साहित्यीक साँस्कृतिक कार्यक्रम

काठमाडौँ : फागुन १ गते कैलाली कारागारमा २६ औँ जनयुद्ध दिवसको सन्दर्भमा साहित्यीक साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कारागारमा रहेका सम्पूर्ण कैदी बन्दीहरुको उपस्थितिमा भएको साहित्यीक साँस्कृतिक कार्यक्रमको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुन रहेका थिए ।

प्रमुख अतिथिको रुपमा रहेका नेता पुनले नेपालमा चलेको महान जनयुद्ध तत्कालीन माओवादीको मात्रै नभएर अव आम नेपाली जनताको भैसकेको बताएका छन् । महान जनयुद्धले नै नेपालमा गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षता ल्याएकोले यसलाई अव माओवादीको मात्रै भन्न नमिल्ने दावी गरे । क्रान्तिको फाइदा लिने तर क्रान्तिकारी आन्दोलन र त्यस आन्दोलनमा सहादतप्राप्त गरेका सहिदको सम्मान गर्न नसक्ने नेपालको संकिर्ण दलगत राजनीतिले जनताको आन्दोलनको सदाकाल अपमान गर्ने गरेकोप्रति पनि नेता पुनले आपत्ति जनाए । जनयुद्धको बलमा नेपालका संसदवादी दलहरु सत्तामा बस्ने तर जनयुद्धलाई अपराधीकरण गर्न खोज्ने प्रवृत्तिको सबैले विरोध गर्नुपर्ने र जनयुद्धले पूर्णलक्ष्य प्राप्ति नगरेकोले पुनः यसलाई नयाँ ढंगले अगाडि बढाउनुपर्ने कुरामा जोड दिए ।

रमेश बटालाको सञ्चालन, नृप नेवकोटाको अध्यक्षता र बिमल चौधरीको स्वागत मन्तव्य शुरु भएको साहित्यीक साँस्कृतिक कार्यक्रममा आउटडोर नाइकेहरु लक्की साउँद, करण साउँद, मूल नाइके जनक धानुक, गंगाराम चौधरी लगायतले मन्तव्य राखेका थिए भने गीत, गजल, कविता र डान्सहरु पनि प्रस्तुत गरिएको थियो । कार्यक्रममा आ–आफ्ना कला प्रस्तुत गर्ने कलाकार एवम् कविहरुमा सुवर्ण श्रेष्ठ, शन्तोष परियार, जनक मिजार, देवबहादुर विक, अविनाश थापा, नरेश धामी, दयाराम थारु, निर्मल भंगी, जगत कामी, अशोक सार्की, पुस्कर शाही, गोरख रोकाया, देवेन्द्रसिंह, तेजबहादुर विष्ट, छत्र खड्का, बीरबहादुर चौधरी, रोहिना थारु, लोकेन्द्र बोहरा, सुनिल पार्की, नविन भण्डारी, मनोज ढुंगाना लगायत रहेका थिए ।

उक्त कार्यक्रममा सुदूरपश्चिमका चर्चित कलाकार शुवर्ण श्रेष्ट र सन्तोष परियारले ओमप्रकाश पुनद्वारा रचित हिउ फूल तिमी र पात झरेको डाँद जस्तै मेरो जिन्दगी भन्ने गीत गाएका थिए । जनयुद्धको शुभकामना आदान–प्रदान गरेका थिए । विगतको तुलनामा यसपटकको साहित्यीक कार्यक्रममा स्रष्टाका रचनाहरु अलि बढी र शसक्त प्रकारका भएका थिए ।

कार्यक्रमको समायोजन कारागार आन्तरिक प्रशासनले गरेको थियो भने कर्यक्रमबाट सम्पूर्ण कैदी बन्दीहरु उत्साहित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :