देउखुरीमा युवा संगठन नेपाल लमही नगरको प्रथम भेला

देउखुरीमा युवा संगठन नेपाल लमही नगरको प्रथम भेला

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल लमही नगरको प्रथम भेला दाङको देउखुरीमा सम्पन्न भएको छ ।

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि भगवानदासले प्रतिक्रान्तिका विरुद्ध सम्पूर्ण युवा एकजुट भई एकीकृत जनक्रान्तिको दिशामा अघि बढ्न आह्वान गरे । भ्रष्टाचार, महंगी, कालोबजारी, बेथिती, विसंगतिले सिमा नाघेको बताउँदै अव युवाले नै सुन्दर समाज सिर्जनाको पहलकदमी लिनुपर्ने बताए । उनले नेपालमा दलाल पुँजीवादी संसदीय व्यवस्थाले निम्त्याएको संकट समाधानको विकल्प एकीकृत जनक्रान्तिको कार्यदिशा नै भएको स्पष्ट पारे । वैज्ञानिक समाजवाद नै अहिलेको राजनैतिक विकल्प भएको बताउँदै युवाहरुलाई समाजवादी सत्ता स्थापनार्थ अन्तिम र निर्णायक लडाइँमा सामेल हुन आग्रह पनि गरे ।

राप्ती गाउँपालिका इन्चार्ज प्रविनको शुभकामना मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नेकपा लमही सेक्रेटरी उज्ज्वलले गरेका थिए । नेकपा दाङ सेक्रेटरी भगवानदासको प्रमुख आतिथ्यतामा, अध्यक्षता युवा संगठन नेपाल देउखुरी क्षेत्र इन्चार्ज संघर्षले गरेका थिए भने युवा संगठन नेपाल दाङ जिल्ला सम्मेलन आयोजक समिति संयोजक मनोजको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :