जनयुद्ध दिवसको अवसरमा पोखरामा दिप प्रज्वलन

जनयुद्ध दिवसको अवसरमा पोखरामा दिप प्रज्वलन

पोखरा : ऐतिहासिक महान २६ औँ जनयुद्ध दिवसको अवसरमा नेकपा निकट अखिल क्रान्तिकारीले शनिबार कास्कीको सहिद आवसीय स्कुलमा दिप प्रज्वलन सहित विद्यार्थीहरुको साथमा जनयुद्ध दिवस मनाएको छ ।

पृथ्वीनारायण क्याम्पस जिल्ला समिति र कास्की जिल्ला समितिद्वारा गरिएको कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रकाश बास्तोलाले कविता सहित आफ्नो मन्तव्य शुरु गरेका थिए । उनले महान जनयुद्धमा बलिदानी गर्नु भएका तमाम सहिद, बेपत्ता र घाईते, अपाङ्गहरुप्रति उच्च सम्मान गर्दै स्मरण गरे ।

यस्तै कार्यक्रममा कास्की जिल्ला संयोजक पुरन पुन र पृथ्वीनारायण क्यापस जिल्ला समिति अध्यक्ष उपेन्द्रले दलाल संसदीय ब्यवस्था रहेसम्म देश र जनताको अधिकार सुनिश्चित नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :