जनयुद्ध दिवसको अवसरमा काभ्रेमा शुभकामना तथा प्रशिक्षण

जनयुद्ध दिवसको अवसरमा काभ्रेमा शुभकामना तथा प्रशिक्षण

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी काभ्रे जिल्लाले २६ औँ जनयुद्ध दिवसको अवसरमा आयोजना गरिएको शुभकामना तथा प्रशिक्षण कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा जिल्लाका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको जनाइएको छ ।

कार्यक्रममा प्रमुख अतिथि तथा व्युरो इन्चार्ज आधारले राष्ट्रको स्वाधीनता र देशको पूर्ण मुक्ति नै हाम्रो कार्यभार रहेको भन्दै अमेरिका र भारत मिलेर नेपालमा राजनीतिक संकट ल्याएको बताए । हाम्रो पार्टी लगायतको रणनैतिक मोर्चाले अगाडि सारेको विकल्प वैज्ञानिक समाजवादले मात्र आजको संकटको निकास दिने पनि बताए ।

त्यस्तै अर्को सन्दर्भमा उनले वास नरहे बासुरी नहुने तर्क गर्दै संसद नै नभएपछि पार्टी माथिको प्रतिबन्ध पनि स्वतः नरहेको उल्लेख गर्दै जनतामा कार्यकर्ताहरुलाई खुल्ला रुपमा प्रस्तुत हुन निर्देशन दिए ।

कार्यक्रमको अध्यक्षता जिल्ला इन्चार्ज शरदले गरेका थिए भने सञ्चालन जिल्ला सेक्रेटरी प्रकाशले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :