रणनीतिक संयुक्त मोर्चा ऐतिहासिक महत्वको : विप्लव

ने.क.पा. केन्द्रीय कार्यालयमा २६औँ जनयुद्ध दिवस सम्पन्न

रणनीतिक संयुक्त मोर्चा ऐतिहासिक महत्वको : विप्लव

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय कार्यालयको आयोजनामा २६ औँ जनयुद्ध दिवसको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको खवर प्राप्त भएकोछ ।

कार्यक्रममा प्रमुख अतिथि पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले महान् जनयुद्ध श्रमिक जनताको विद्रोह भएको र देशमा सामन्त, जाली फटाहाविरुद्धको कारवाहीबाट शुरुवात भएको उल्लेख गर्दै तत्कालिन नेतृत्वबाट भएको धोका र विश्वासघातबाट अपुर्ण भएको क्रान्तिलाई पूर्णता दिन र विजय सम्म पुर्याउन एकीकृत जनक्रान्ति गर्नु परेको बताएका छन् । साथै जनयुद्धका हजारांै सहिद बेपत्ता र एकीकृत जनक्रान्तिमा समेत ११ जनाको शहादतलाई स्मरण गर्दै सहिद बेपत्ता परिवार, घाइते अपांङ्ग, पार्टीका नेता कार्यकर्ता सहित सम्पूर्ण पार्टी पंक्ति र जनसमुदायलाई शुभकामना व्यक्त गरेका थिए ।

उनले चलिरहेको एकीकृत जनक्रान्ति क्रान्तिकारी र जनसमुदायको आशाको केन्द्र बन्दै गइरहेको र भर्खरै निर्माण भएको रणनीतिक संयुक्त मोर्चा सबै क्रान्तिकारी र प्रगतिशीलहरुका लागि ऐतिहासिक महत्वको रहेको उल्लेख गरेका थिए ।

कार्यक्रममा अर्का अतिथि पार्टीका सचिवालय सदस्य विषमले जनयुद्धको ऐतिहासिक महत्व दर्शाउदै निरन्तर क्रान्तिको बाटोमा अघि बढ्न आह्वान गरे । त्यसैगरी मनिराज, गणेश आदिसमेत शुभकामना व्यक्त गरेका थिए ।

विजयको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन संजय र स्वागत प्रकाशले गरेका थिए । कार्यक्रममा सहभागीहरु बीच एक अर्कालाई अबीर वरण गरी शुभकामना आदान प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :