जनयुद्ध दिवसको अवसरमा नेकपाले बेसाहाराहरुलाई फलफूल वितरण गरे

जनयुद्ध दिवसको अवसरमा नेकपाले बेसाहाराहरुलाई फलफूल वितरण गरे

कैलाली : २६ औँ महान जनयुद्ध दिवसको अवसरमा अखिल (क्रान्तिकारी) कैलालीले बेसाहाराहरुको साहारा दृष्टि फाउन्डेसनमा फलफूल बितरण गरेको छ । अखिल (क्रान्तिकारी) को आयोजनामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी कैलाली जिल्लाका सेक्रेटरी करन, अतिथि अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य बबरजङसिंह रहेका थिए ।

शुभकामना तथा फलफूल बितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि करनले मानव मुक्ति र असाहाय वर्ग मानव जातिका लागि निरन्तर संघर्ष गरिरहने बताउँदै २६ औँ जनयुद्ध दिवसको शुभकामना दिए । साथै एकीकृत जनक्रान्तिमार्फत बैज्ञानिक समाजवादी राज्यसत्ता प्राप्तिका लागि असाहाय वर्ग र आम जनसमुदायलाई सहयोगको लागि हार्दिक अपिल समेत गरे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :