नेकपा सिन्धुपाल्चोकद्वारा २६ औँ जनयुद्व दिवस भव्य रूपमा सम्पन्न

नेकपा सिन्धुपाल्चोकद्वारा २६ औँ जनयुद्व दिवस भव्य रूपमा सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकले २६ औँ जनयुद्व दिवस भव्य रूपले मनाएको छ ।

जिल्लाको ग्रामीण स्थानमा भएको कार्यक्रममा जिल्ला पार्टीको विभिन्न तहका नेताहरुको उपस्थिति रहेको थियो ।

सयौं जनताहरुको बिचमा उल्लासपूर्ण रूपमा भएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोक जिल्ला सेक्रेटरी युगिन, युवा संगठन नेपाल जिल्लाका अभ्यास, राकेश लगायतको विशेष उपस्थिति पनि रहेको थियो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी युगिनले २६ औँ जनयुद्ध दिवस मनाउनुको महत्त्व, औचित्यका बारेमा उल्लेख गर्नुभयो ।

पार्टीले राष्ट्रियता, जनतन्त्र, जनजीविकासम्बन्धि विभिन्न संर्घषका कार्यक्रम गरिरहेको बताउदै उहाँले यो समाजिक फासीवादी सरकारले पार्टीमाथि लगाएको प्रतिबन्ध अब तुरुन्त हटाउनुको विकल्प नरहेको पनि बताउनुभयो । देशलाई निकास दिन अहिलेको व्यवस्था असफल भैसकेको भन्दै उहाँले अबको एक मात्र वैज्ञानिक समाजवादी व्यवस्था रहेकोले त्यो स्थापनाका लागि एकीकृत जनक्रान्ति सफल पार्न सबै लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा युवा संगठन नेपालका जिल्ला अध्यक्ष राकेशले दलाल व्यवस्थाले युवाहरुको भविष्य डामाडोल बनाउने काम मात्र गरेकाले अब सम्पूर्ण युवाहरूले आफ्ना भविष्यसँगसँगै देशको भविष्यको लागि वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न एकीकृत जनक्रान्तिमा सम्पन्न गर्न लाग्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :