लुम्बिनी ब्युरोको विभिन्न जिल्लामा मशाल जुलुस

लुम्बिनी ब्युरोको विभिन्न जिल्लामा मशाल जुलुस

बुटवल : नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन युवा संगठन नेपाल लुम्बिनी ब्युरो क्षेत्रीय समन्वय समितिद्वारा २६औँ महान जनयुद्व दिवसको पूर्वसन्ध्यामा विभिन्न जिल्लामा मशाल जुलुस निकालिएको छ ।

नेपाल कम्युनिस्ट पार्टीको अग्रभागीय संगठन युवा संगठन नेपाल नवलपुरले दर्जनौँ नेता कार्यकर्ताको उपस्थितिमा मध्यविन्दु नगरमा मशाल जुलुससहितको कोणसभा सम्पन्न गरेको छ । कोण सभालाई युवा संगठन नेपाल नवलपुरका अध्यक्ष अबिनासले सम्बोधन गर्दै, पुँजिवादी व्यवस्था, दलाल संसदीय व्यवस्था नै प्रमुख बाधक रहेको र अबको एकमात्र विकल्प वैज्ञानिक समाजवाद रहेको, महान जनयुद्ध र महान सहिदहरुका अधुरा सपना पूरा गर्न सम्पूर्ण युवाहरू एकीकृत जनक्रान्तिको झन्डामूनि गोलबन्द हुन आह्वान गरेका छन् ।

ब्युरो अन्तरगत गुल्मीको धुर्काेट, पाल्पाको तिनाउ, नवलपरासीको रामग्राम नगरपालिका, कपिलवस्तुको ३ स्थान – शिवराज नगरपालिकाको हल्लानगर, बाणगंगा नगरपालिकाको बनगाई, कपिलवस्तु नगरपालिकाको पचेहरा र रूपन्देहीको मुर्गिया चोकलगायत अन्य जिल्लाका विभिन्न ठाउँमा मशाल जुलुस निकालिएको हो ।

त्यसैगरी सुर्खेतमा नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद ! लगायतका नारा लगाउँदै राँके जुलुसले जिल्लाका भिभिन्न स्थानमा परिक्रमा गरिएको जनाइएको छ । दस वर्षे जनयुद्धका लक्ष्य उद्देश्य र सपनाहरु अधुरो रहेको र ती सपना पूरा गर्न एकीकृत जनक्रान्ति मार्फत अगाडि बढ्नु पर्ने आवश्यकता रहेको बताउँदै कोणसभाहरु पनि सम्पन्न गरिएको समाचार प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :